हात्तीले भत्कायो धान मिल


१६ भाद्र २०७९, बिहीबार ०८:५१ मा प्रकाशित

काँकरभिट्टा । मंगलबार राती बिर्तामोड नगरपालिका वडा नं. ८ गरामनीमा हात्तीले स्थानीय हरी गौतमको धान मिल भत्काएको छ ।

Advertisement

राती करीब ११ बजे ५ वटाको संख्यामा आएका हात्तीको हुलले गौतमको धान मिलमा क्षति पुर्याएको हो । ‘हात्तीले घरको पर्खाल लडाएर मिल भत्काएर त्यहाँ रहेको अन्न समेत खाएदियो’ गौतम बताए ।

हात्तीको हुलले घरको कम्पाउण्ड भत्काएको र मिलको मेसिनमा क्षति समेत गरेको छ । हात्तीले आक्रमण गर्दा मेसिन सहित ठुलो क्षति भएको गौतमले जानकारी गराए ।

बिर्तामोडका ७ र ८ वडाका बासिन्दाले लामो समयदेखि हात्तीको त्राशादी भोग्दै आएका छन् । चाराअली र स्थानीय निचाझोडा सामुदायिक बन क्षेत्र हुँदै हात्ती यस क्षेधमा आउने गरेका छन् ।

स्थानीय सरकार, प्रशासनले खासै चासो नदेखाउदा बर्सेनि हात्तीका कारण मानवीय तथा धनजनको ठूलो क्षति ब्यहोर्दै आएका यस क्षेत्रका नागरिकहरु चिन्तित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here