उठ्दिन, उठे भने छिनाउँछु – महामन्त्री शर्मा


१५ भाद्र २०७९, बुधबार २०:५८ मा प्रकाशित

काँकरभिट्टा । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू निर्वाचनमा तेस्रोपटक हार व्यहोर्ने पक्षमा नभएको बताएका छन् । झापाको बिर्तामोडमा मंगलवार आयोजित एउटा कार्यक्रममा महामन्त्री शर्माले आफूलाई ‘तेस्रोपटक ट्रायल फेल’ हुने चाहना नभएको बताएका हुन् ।

Advertisement

महामन्त्री शर्माले आफू उम्मेद्वार बन्ने कि नबन्ने भन्ने विषय पार्टीमा आन्तरिक छलफलको बताएका छन् साथै उनले झापा क्षेत्र नं. १ माओवादीको भाग रहेको पनि बताएका छन् ।

उनी भन्छन् ‘गठबन्धन हुँदै गर्दा जसले जहाँ जितेको छ त्यो त्यही दलको भागमा भन्ने जुन क्राइट एरिया आएको छ त्यसका आधारमा झापा क्षेत्र नं. १ माओवादीको भागमा पर्छ । अर्काे क्राइट एरिया पनि के छ भने पार्टीको पदाधिकारीले चाहेको क्षेत्रमा चुनाव लड्न पाउने भन्ने छ । यो छलफलबाट टुङ्गो लाग्ने विषय हो ।’

महामन्त्री शर्माले आफू झापा क्षेत्र नं. १ छोडेर अन्यत्र चुनाव नलड्ने बताएका छन् । उनी भन्छन् ‘विश्वप्रकाशले उम्मेद्वार बन्ने चाहना गर्दै गर्दा झापा क्षेत्र नं. १ नै हो । काठमाडौँ ५ हो कि भन्ने चर्चा हुँदै गर्दा मैले प्रष्ट लेखेँ, बागमतीको किनारलाई ढोग्न मिल्छ, मान्छे चै म निन्दा किनारकै हुँ मेची किनारकै हुँ । कि विश्वप्रकाश शर्मा कहीँ खडै हुँदैन । खडा भयो भने झापाकै माटोबाट खडा हुन्छ भनेर उल्लेख पनि गरेको छु ।’

साथै उनले तीन–तीन चोटि चुनाव हार्न उनलाई मन नभएको पनि बताएका छन् । उनी भन्छन् ‘उम्मेद्वार बन्नु पर्छ भन्दै गर्दा मात्रै के हो भने यहाँ हार्दै गर्दा कहिले केन्द्रीय सदस्य, फेरि सांसद दोस्रो चोटि हार्दै गर्दा प्रवक्ता बने । अर्काे चुनावको मुखमा आइपुग्दा महामन्त्री बने । त्यसैले यो पटक उठ्दिन तर उठे भने छिनाउँछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here