अर्जुनधारामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुने


१५ भाद्र २०७९, बुधबार २०:२५ मा प्रकाशित

काँकरभिट्टा । अर्जुनधारा नगरपालिका–३ कैदलेस्थित प्राकृतिक खेल मैदानमा च्यारिटी युथ क्लब (सीवाईसी)को आयोजकत्व र जुनतारा महिला फुटबल क्लब सह–आयोजकत्वमा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

Advertisement

यस प्रतियोगितामा प्रदेश नं. १ का उदयपुर, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङको गरी ८ वटा टिम सहभागी हुने खेल संयोजक याम खवासले जानकारी दिए ।

आयोजक च्यारिटी युथ क्लब (सीवाईसी)ले जनाएको छ । यस प्रतियोगितामा जुनतारा महिला फुटबल क्लब सहआयोजकको रुपमा रहेको छ ।

विजय दशमी पर्वलाई लक्षित गरेर संचालन हुने फुटबल प्रतियोगिता आगामी असोज ९ गतेबाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल फूलपातीको दिन हुने प्रतियोगिता आयोजक समितिकी संयोजक हिमा मगरले जानकारी दिइन् ।

करिब २० लाख खर्च अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्नका लागि १०१ सदस्यीय मूल आयोजक समिति गठन गरि जिम्मेवारी बाँडफाँड गरिएको आयोजकले जनाएको छ ।

मगरको अध्यक्षतमा गठित समितिको उपाध्यक्षमा सुर्य इम्बुङ व्यवस्थापन संयोजक, याम खवास खेल तथा कार्यक्रम संयोजक, सचिव लिला बल्लभ खतिवडा आर्थिक संयोजक, सहसचिवमा तेजमाया राई अतिथि सत्कार संयोजक र सन्ध्या रिजाल स्वयं सेवक परिचालनमा रहेका छन् ।

यस्तै, अनुगमन संयोजकमा शुक्रराज (दिपक) दुलाल, लेखा संयोजकमा कञ्चन काफ्ले, सल्लाहकार संयोजकमा ढुण्डिराज गौतम र प्रचार प्रसार संयोजकमा युवराज चाँपागाई, तथा सांस्कृतिक संयोजकमा साजन तामाङ रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ र ट्रफी पाउने छन् । उपविजेताले नगद ५५ हजार ५५५ र ट्रफी पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here