बाह्रदशीको सयदिन ः स्वास्थ्य र शिक्षा प्राथमिकतामा


१२ भाद्र २०७९, आईतवार १६:२५ मा प्रकाशित

काँकरभिट्टा । झापाको बाह्रदशी गाउँपालिकाका जनप्रतिनिधिले कार्यभार सम्हालेको एकसय दिन पूरा भएको छ ।

Advertisement

गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाईले अध्यक्षको जिम्मेवारी पाएपछिको यो पहिलो सय दिनमा स्वास्थ्य र शिक्षा प्राथमिकता दिएको बताएका छन् ।

अध्यक्षले गर्भवती महिलालाई निशुल्क भिडियो एक्सरे गर्ने घोषणा गरे बमोजिम कार्यान्वयन भइसकेको छ । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका अध्यक्ष चम्लागाईले ५० लाख बराबरको स्वास्थ्य उपकरणसहित सामग्री ल्याएका छन् ।

५ शैयाको अस्पताल सञ्चालनका लागि मन्त्रालयबाट डिजिटल एक्सरे, इसीजी मेसिन लगायतका सामग्री ल्याएको चम्लागाईले बताए । अस्पताल सञ्चालनका लागि एमबीबीएस डाक्टरको व्यवस्था भइसकेको गाउँपालिकाले जनाएको छ ।

हालसम्म आधारूुत स्वास्थ्य केन्द्र स्थापना नभएको वडा नम्वर ३ मा स्वास्थ्य सेवा प्रदान गर्नलाई अहेव, अनमी र कार्यालय सहयोगी नियुक्त गरेर सेवा प्रारम्भ गरिएको छ । स्वास्थ्य स्वयमसेविकाको तलव बृद्धि गरिएको छ ।

स्वयम्सेविकाहरु अवकास हुँदा एकमुष्ट एकलाख रुपैयाँ उलपब्ध गराउने निर्णय गरिएको छ । बाह्रदशी गाउँपालिकाबासी नागरिकलाई निशुल्क रगतको व्यवस्था मिलाइएको छ ।

बाह्रदशीका नागरिकले उपचारका क्रममा रगत खोजीमा भौतारिनु नपर्ने र कुनै शुल्क पनि बुझाउनु नपर्ने व्यवस्था मिलाइएको अध्यक्ष चम्लागाईले जानकारी दिए । गापाले एम्बुलेन्स खरिदका लागि समेत बजेट छुट्याइसकेको छ ।

सय दिनका मुख्य–मुख्य काम र निर्णयहरु सार्वजनिक गर्दै उनले बाह्रदशीमा सामुदायिक क्याम्पस नभएकाले स्थापनाका लागि आवश्यक प्रक्रिया थालिएको जानकारी दिए ।

शिक्षा, स्वास्थ्य र वडा कार्यलयहरुको अनुगमन गरिसकेका अध्यक्ष चम्लागाईले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि टेण्डर आव्हान गरिसकेको बताए ।

आवासविहीनहरुका लागि आवास निर्माण, खानेपानीको समस्या समाधान र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि सरोकारवाला माथिल्लो निकायसँग समन्वय भइरहेको छ ।

अध्यक्ष चम्लागाईले सय दिन उपलब्धिमुलक भएको प्रतिक्रिया दिदैं बितेको सय दिनमा सबै जनप्रतिनिधिहरु, कर्मचारी र आम बाह्रदशीबासी नागरिकसँग अपेक्षाकृत सहकार्य र समन्वय भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here