झापामा एमालेले सतप्रतिशत जित्छ – नेता खरेल


१२ भाद्र २०७९, आईतवार ११:५७ मा प्रकाशित

बिर्तामोड । नेकपा एमालेका नेता अग्नि खरेलले निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने तागत नभएकाहरुले गठबन्धन गरेको बताएका छन् । एमालेसँग एक्लाएक्लै लढ्न सक्ने तागत नभएपछि गठबन्धनको सहारा लिएको उनको भनाइ छ ।

Advertisement

एमालेका स्थायी कमिटी सदस्य खरेलले गठबन्धन सरकार संविधान र कानुनभन्दा विपरित ढंगले अघि बढेको बताएका छन् । उनले गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रचण्ड र माधन नेपालको भारी बोक्नैपर्ने बाध्यता भएको प्रतिक्रिया दिएका छन् ।
कांग्रेसलाई पनि एक्लै लड्न गाह्रो भएकाले आफ्नो सुरक्षाका लागि गठबन्धनको भारी बोकिरहेको नेता खरेलको भनाई छ । उनी बताउँछन् ‘प्रचण्ड जी र माधव जीको भारी नबोक्ने हो भने कांग्रेसलाई पनि गाह्रो छ ।’

झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेद्वार बन्ने तयारी गरेका खरेलले एमालेले जनताको मन जितेका कारण गठबन्धनलाई सहजै पराजय गरेर जाने बताए । उनले एमाले सरकारको पालामा भएका जनताले मज्जाले बुझेको भन्दै देश बनाउने पार्टी एमालेलाई विजयी गराउने विश्वास व्यक्त गरे ।

जनताको विश्वास नभएका दलहरु गठबन्धनमा लागेको धारणा राख्दै एमाले झापाका इञ्चार्ज खरेलले जिल्लामा एमालेले सतप्रतिशत सिट जित्ने बताए । झापामा गठबन्धनको कुनै अर्थ छैन, उनले भने ‘जनताले गठबन्धन जनता झुक्याउने खेल भन्ने कुरा मज्जाले बुझ्नु भएको छ । त्यसैले हाम्रो जित सुनिश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here