काँकरभिट्टा माविको क्यान्टिनमा खाजा खाएका विद्यार्थी विरामी


९ भाद्र २०७९, बिहीबार २१:१७ मा प्रकाशित

काँकरभिट्टा । मेचिनगर–६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालय परिसरभित्र रहेको क्यान्टिनमा खाजा खाएका ३१ जना विद्यार्थीहरु विरामी परेका छन् ।

Advertisement

आज बिहीबार दिउँसो विद्यालय परिसरभित्रको क्यान्टिनमा खाजाको रुपमा छोलामुरै खाएका ३२ जना विद्यार्थीहरु एकाएक विरामी परेपछि उनीहरुलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

कक्षा १ देखि ६ सम्म अध्ययनरत विद्यार्थीहरुलाई विरामी परेको र क्यान्टिन सञ्चालक नारायण विष्टलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । चिकित्सकका अनुसार विद्यार्थीहरुलाई फुडपोइजन भएको बताइएको छ ।

विद्यालयकै चौकीदार विष्टले सञ्चालन गर्दै आएको उक्त क्यान्टिनबाट प्रहरीले कुहिन लागेको बन्दासमेत बरामद गरेको छ, भने क्यान्टिनमा पानी समेत किरा परेको अवस्थामा भेटिएको छ ।

उक्त क्यान्टिनले बासी खानेकुरा खुवाउने गरेको अभिभावकहरुले आरोप लगाएपनि यस विषयमा छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here