अनेरास्ववियु मेचीनगरले गर्यो मावि स्तरीय नृत्य प्रतियोगिता


९ भाद्र २०७९, बिहीबार २०:५१ मा प्रकाशित

काँकरभिट्टा । अनेरास्ववियु मेचीनगरले नगर स्तरीय अन्तर मावि नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

Advertisement

धुलाबारीको पासाङ्ग ल्हामु हलमा विहीबारे सम्पन्न उक्त कार्यक्रममा नगरका १० वटा विद्यालयहरुको सहभागी रहेका थियो । उक्त प्रतियोगितामा इष्टहोराइजन मावि प्रथम, हिमालयन एकाडेमी द्वितीय र होलिबेल अंग्रेजी मावि तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीले क्रमश १० हजार, ८ हजार र ५ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरे ।

कार्यक्रममा बिजेयी प्रतियोगीहरुलाई प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष लोकेश निरौला, बिशिष्ट अतिथि मेचीनगर नगरपालिकाका प्रमुख तथा नेकपा एमाले प्रदेश कमिटि सदस्य गोपालचन्द्र बुढाथोकी र अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य दुर्गा धमलालगायले उक्त पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा अनेरास्ववियु प्रदेश कमिटि सदस्य लक्ष्मी न्यौपाने, जिल्ला अध्यक्ष रोशन लामा, उपाध्यक्ष लक्ष्मी गौली र बलाराम गिरीलगायतको आतिथ्यता रहेको थियो ।

अनेरास्ववियु मेचीनगर अध्यक्ष बिरु मेचेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत अनेरास्ववियु जिल्ला कार्यालय सचिव सन्तोष धमलाले गरेका थिए । कार्यक्रम सञ्चालन अनेरास्ववियु मेचीनगर सदस्य संगम बरालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here