विद्यालयलाई जग्गा दान गर्ने राजवंशी परिवारको विचल्ली


८ भाद्र २०७९, बुधबार २०:१२ मा प्रकाशित

झापा । आफूसँग हुँदा करोडौं मुल्य पर्ने जग्गा विद्यालयलाई दान गर्ने राजवंशी परिवारको अहिले विचल्ली भएको छ ।

Advertisement

विगतमा विर्तामोड–९, गरामनी स्थित दुर्गा मा.विलाई करोडौँ मूल्य पर्ने जग्गा दान दिएका जग्गादाता स्व. उजारु राजवंशीको परिवार अहिले आर्थिक अभावका कारण विचल्लीमा परेको छ ।

वि.स २०१२ सालमा स्थापना भएको दुर्गा मा.विलाई हिजो जग्गाजमिन हुँदा स्व. राजवंशीले एक बिघा जग्गा दान दिएका थिए । आफ्नो क्षेत्रको बालबालिकालाई अध्ययान गर्न सहज होस भनेर करोडौँ मूल्य पर्ने गरामनी बजारसँगै रहेको विद्यालयलाई कित्ता नम्बर १४ को एक बिघा जग्गा दान दिएका थिए । तर, अहिले तीनै जग्गादाता राजवंशी परिवारको अवस्था नाजुक छ । अहिले उनीहरु जग्गा र घरबार बिहिन जस्तै बनेका छन् ।

अभावका बीच जग्गादाता उजारु राजवंशीको गत बुधबार मृत्यु भएको छ । अहिले उनको परिवारमा क्रियाखर्च समेत जुटाउन सकिरहेको छैनन् । जग्गादाता उजारु राजवंशीको निधनपछि उनको परिवार झनै समस्यामा परेका राजवंशीका आफन्त बताउँछन् ।

हुँदा बिघौँ जग्गा दान गर्ने राजवंशी परिवारको अहिले सम्पत्तीको नाममा एक कठ्ठा जग्गा र पानी समेत नओत्ने जिर्ण घर मात्रै छ । विद्यालयलाई सहयोग गरेका राजवंशी परिवार अहिले विचल्लीमा परेपछि त्यसतर्फ विद्यालयले पनि चासो दिएको बताएको छ । अहिले जग्गादाता राजवंशीको परिवार बस्ने राम्रो घर नभएपछि घर बनाइदिने अभियान संचालन सुरू गरिएको दुर्गा मा.विका प्रधानाध्यापक कृष्णप्रसाद पाठक बताउँछन् ।

यता स्थानीय जनप्रतिनिधीले पनि दु:खमा परेको राजवंशी परिवारको लागि सकेको सहयोग गर्ने बताएका छन् । साथै उनीहरुले विद्यालयको तर्फबाट राजवंशी परिवारलाई आवश्यक समन्वय गर्नु पर्ने प्रतिक्रिया दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here