झापामा बन्दको प्रभाव सामान्य


७ भाद्र २०७९, मंगलवार १८:३२ मा प्रकाशित

काँकरभिट्टा । आज नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित ४ कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव झापामा सामान्य मात्र देखिएको छ ।

Advertisement

बन्दकर्ताहरुले सडकमा निस्किएर अवरोध नगरेपनि साविकभन्दा आज केही कम मात्रामा सवारी साधनहरु चलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा अशोक कुमार जवेगुले जानकारी गराए ।

बन्दका कारण जिल्लाभरका अधिकांश प्राइभेट विद्यालयहरु बन्द भए तर सरकारी विद्यालयहरुमा नियमित पठनपाठन भएको छ । बन्द प्रभावले विर्तामोड, दमक, भद्रपुर, काँकरभिट्टा, धुलाबारी, शनिश्चरेलगायतका शहर र बजारहरुमा आंशिकरूपमा पसलहरु खुलेका थिए ।

सर्वसाधारणलाई आवतजावत गर्नका लागि यातायातको प्रयोगमा समस्या नहोस् भन्नका लागि सडकमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका थिए । आज झापामा सार्वजनिक यातायातका गाडीहरु पनि सामान्यरुपमा चले ।

सडक र चोकचोकमा प्रहरीको बाक्लो उपस्थिति भएका कारण छोटो दूरीका गाडी सामान्य रुपमा चलिरहे पनि लामो दूरीका गाडी भने फाट्टफुट्ट मात्रै चलिरहेका प्रहरीले जनाएको छ ।

बन्दलाई ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) लगायतका दmहरुले पनि समर्थन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here