गठबन्धनको बैठक आज बस्दै


७ भाद्र २०७९, मंगलवार ०६:३३ मा प्रकाशित

झापा । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिए पछि आज पुनः बैठक बस्न लागेको हो ।

Advertisement

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि कुनै निष्कर्षमा पुगेको थिएन ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भएको छ । तर, सिट बाडफाँटको विषय भने अझै टुंगोमा पुग्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here