झापा । बिहिबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुले सिट दाबी गरेका छन् ।
उक्त बैठकमा नेपाली कांग्रेसले एक सय सिट दाबी गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरीले जानकारी दिए । उनले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सो कुरा भनेका हुन् ।
उनका अनुसार नेकपा माओवादी केन्द्रले ६० सिट दाबी गरेको छ भने नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी (जसपा) ले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिट दाबी गरेको छ ।
यो प्रस्तावित सिट भएको उनले बताए । यसबारेमा गठबन्धनमा थप छलफल गर्ने उनले बताए ।