मदन भण्डारी चुरे मार्ग निर्माण कार्य सुरु


११ भाद्र २०७८, शुक्रबार ०९:१० मा प्रकाशित

बहुवन, १० भदौं ।। बहुप्रतिक्षित तथा राष्ट्रिय गौरवको मदन भण्डारी चुरे राजमार्गको निर्माण कार्य सुरु भएको छ । झापा इलामको सीमाना हुँदै निर्माण हुने सो राजमार्गका लागि बिहिवार बेँसीबजारमा एक कार्यक्रमका बिच निर्माण कार्यको सिलन्यास भएको हो । राजमार्ग निर्माणका लागि आवश्यक पुल बनाउने ठेक्का सदर भई निर्माण कार्य सुरु भएको समाजसेवी बृहस्पति खतिवडाले बताउनु भयो ।

Advertisement


टोल बिकास समितिका अध्यक्ष मिलन गुरागाइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समाजसेवी तथा मदन भण्डारी राजमार्ग निर्माण अभियान्ता बृहस्पति खतिवडा हुनुहुन्थ्यो । कार्यक्रममा इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगर, मेचीनगर १,२,३ का वार्ड अध्यक्षहरु, सामुदायिन बन माहासंघका झापा अध्यक्ष, समाजसेबि बुध्दिजिबी लगायतको सहभागिता रहको थियो ।
कार्यक्रमको संचालन गोपाल खतिवडा र स्वागत चन्द्र मगरले गर्नु भएको थियो भने पं मुकुन्द नेपालले बेदको मन्त्रोचरण गर्नु भएको थियो।
मदन भण्डारी चुरे राजमार्ग आयोजनाले इलामको रोङ गाउँ पालिका वडा नं. ६ मेची नदिको किनारबाट बौध्दमोड ,बेंशिबजार, साधुटार सितलुहुँदै लेटाङ केराबारी, धरान ,चताराबाट डडेल्धुराको रुपाल सम्म करिब १२३६ किलो मिटर समेटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here