प्रवेशद्वारबाट आवतजावत गर्ने यात्रीका लागि लायन्स क्लबले गर्यो पिउँने पानीको निशुल्क व्यवस्था


११ भाद्र २०७८, शुक्रबार ०८:४३ मा प्रकाशित

मेचीनगर, १० भदौं ।। लायन्स क्लब अफ मेचीनगर र लिओ क्लब मेचीनगरले सिमानाकामा आवतजावत गर्ने यात्रीका लागि निशुल्क पिउनेपानीको व्यवस्था गरिदिएको छ ।
प्रवेशद्वारबाट नेपाल भारत आउने जाने यात्री तथा आम सर्वसाधारणको सेवाका लािग पिउने पानीको व्यवस्था गरिएको लायन्स क्लब अफ मेचीनगरका सचिव नवराज प्रधानले बताउनु भयो ।

Advertisement

लायन्स क्लब मेचीनगरका प्रेसिडेन्ट सन्तोष आचार्यको अध्यक्षमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रहरी प्रमुख डिएसपी सुनिल दहालले सेवाको उद्घाटन गर्नु भएको हो ।
लिओ क्लब मेचीनगरका अध्यक्ष अभिजीत दवाडीले संचालन गरेको उक्त कार्यक्रममा लायन्स सेक्रेटरी नवराज प्रधानले कार्यक्रमको औचित्य बारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा लायन क्लबका प्रथम उपाध्यक्ष मोहन मैनाली सहित लायन बोर्ड मेम्बर डम्बर खवास, सजीत तामाङ ,ज्याक पोख्रेल , सनम भट्टराई , सुरेस तिवारी र लिओ क्लब मेचीनगरका मेम्बर लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here