मेचीनगरबासीका लागि भेरोसेल खोपको दोस्रो मात्रा ११ गतेदेखि : कुन वडामा कहिले


११ भाद्र २०७८, शुक्रबार ०९:३२ मा प्रकाशित

मेचीनगर, ११ भदौं ।। मेचीनगरबासीका लागि कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गतेदेखि लगाइने भएको छ ।

Advertisement

भदौ ११ गते देखि भदौ १३ गतेसम्म नगरका वडाहरुमा नै भेरोसेल खोपको दोस्रो मात्रा लगाइने मेचीनगरका प्रमुख बिमल आचार्यले बताउनु भयो । नगरप्रमुख आचार्यका अनुसार वडा नं. १, ३, ५, ७, ८, ९, ११, १३ र १५ मा भदौ ११ गते सम्बन्धीत वडाका स्वास्थ्य संस्था वा नगरपालिकाले तोकेको केन्द्रमा खोप लगाइने छ । 


त्यस्तै वडा नं. २, ६, १० र १४ मा भदौ १२ गते भेरोसेल खोपको दोस्रो मात्रा लगाइने छ भने भदौ १३ गते वडा नं. ४, ६, १०, १२ र १५ मा खोप लगाइने छ । नगरपालिकाले सार्वजनिक गरेको तालिका अनुसार खोप लगाउने संख्या धेरै भएका वडा नं. ६, १० र १५ मा दुई दिन खोप लगाइने छ ।


भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य लिएर खोप केन्द्र जानु पर्ने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here