बिनम्र बन्नुस तर कमजोर नबन्नुस : महानिरीक्षक थापा


२८ श्रावण २०७८, बिहीबार १०:१४ मा प्रकाशित

बिराटनगर, २७ साउन ।। नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई बिनम्र बन्न तर कमजोर नबन्न निर्देशन दिनु भएको छ । आज १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अवलोकन भ्रमणको क्रममा यस्तो धारणा राख्नु भएको हो । १ नम्बर प्रदेश प्रहरी प्रमुख तथा १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु हुँदै वँहाले प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्न निर्देशन दिनु भयो । नागरीक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागि पर्न तथा शुन्य शहनशिलताको अक्षरस पालना भन्नु भयो । अवलोकन भ्रमणकै क्रममा प्रहरी महानिरीक्षक थापाले १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूसंग अन्तरक्रिया समेत गर्नु भएको थियो । प्रहरी कार्यालयका प्रमुखहरुले आ(आफ्नो जिल्लाको बारेमा प्रस्तुतिकरण गरेका थिए भने १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि।सीले समग्र प्रदेशको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।
प्रहरी महानिरीक्षक थापाले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको समेत निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरु समेतलाई निर्देशन दिनु भयो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here