सुनिलको निजी बन भयो देशभरकै उत्कृष्ट


२८ श्रावण २०७८, बिहीबार १०:२६ मा प्रकाशित

मेचीनगर, २८ साउन । मेचीनगर–२ बाहुनडाँगीका सुनिल दुलालको निजी बन देशभरकै उत्कृष्ट भएको छ ।

Advertisement

वन तथा भूसंरक्षण विभागले दुलाललाई बुधवार काठमाडौंमा एक समारोहबीच गणेशमान सिंह निजी वन राष्ट्रिय पुरस्कार प्रदान गरेको छ ।

उनले पुरस्कारवापत ७५ हजार रुपैयाँ नगद र प्रमाणपत्र पाएका छन् । निजी वनको स्थापना, संरक्षण, सम्बद्र्धन र व्यवस्थापनबाट वन पैदावर आपूर्ति, स्थानीय रोजगारीमा अभिवृद्धि र जैविक विविधताको संरक्षणमा देशभरमै उत्कृष्ट भए वापत उनलाई यसवर्षको निजी वनतर्फको प्रथम प्रदान गरिएको हो ।

सो वनलाई मुलुकै उत्कृष्ट बनाउन भूमिका खेलेको भन्दै विभागले डिभिजन वन कार्यालय झापालाई समेत सम्मान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here