कुलमान घिसिङको विद्युत् प्राधिकरणमा कमब्याक


२७ श्रावण २०७८, बुधबार १०:३९ मा प्रकाशित

झापा, २७ साउन ।। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई नियुक्त गरेको हो ।

Advertisement

उनलाई आज नियुक्तिपत्र दिने तयारी रहेको बुझिएको छ । यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भएका घिसिङ २०७७ भदौमा चार वर्षे कार्यकाल पूरा गरी बिदा भएका थिए ।

अघिल्लो कार्यकालमा लोडसेडिङ हटाउनेलगायत सुधारका काम गरेपछि घिसिङ लोकप्रिय भएका थिए । उनको पदावधि सकिएसँगै पुनर्नियुक्तिका विभिन्न व्यक्तिहरूले आवाज उठाएका थिए ।

तर, तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले घिसिङलाई पुनर्नियुक्ति नगरी हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो । नयाँ सरकार गठन भएसँगै कुलमानको नियुक्ति भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here