माओवादी केन्द्र मेचीनगर ५ नं. वडा कमिटी अध्यक्षमा शंकर


२६ श्रावण २०७८, मंगलवार २१:१४ मा प्रकाशित

मेचीनगर, २६ साउन ।। नेकपा माओवादी केन्द्र मेचीनगरले संगठन विस्तानरलाई तिब्रता दिएको छ । यसै क्रममा मंगलवार मेचीनगर वडा नम्बर ५ को वडाकमिटी गठन गरिएको नगर संयोजक समितिका सदस्य ज्ञानेन्द्र घिमिरेले जानकारी दिनु भयो ।
घिमिरेका अनुसार अध्यक्षमा शंकर कट्वाल सहित १५ सदस्यीय कमिटी गठन गरिएको छ । नव गठित कमिटीको सचिवमा दधिराम उप्रेती, सदस्यहरुमा निर्मल खपाङगी, समारु राजवंशी, सविता अधिकारी, सेकेन धिमाल, गोक राजवंशी, अम्बिका बस्नेत, राजन राजवंशी, उमेश उप्रेती, पुन्य ढुंगाना, घनश्याम भट्टराई, पार्वती विक, कविराज गिरी र टीकाराम कट्टेल रहेका छन् ।
जिल्ला सचिवालय सदस्य प्रकाश भण्डारी प्रमुख अतिथ्य रहेको कार्यक्रमको अध्यक्षता विकास थापा मगरले गर्नु भएको थियो भने नगर संयोजक पुष्प गुरागाई (किरण), ज्ञानेन्द्र घिमिरे, राजु दाहाल, राजु निरौलाा लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here