किरण गजमेर बने ‘भ्वाइस अफ नेपाल’ सिजन–३ को विजेता


२४ श्रावण २०७८, आईतवार ०८:३१ मा प्रकाशित

झापा, २४ साउन ।।  रियालिटि शो भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेर बन्नुभएको छ ।

Advertisement

शनिबार राति भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन–३ को उपाधी जित्नुभएको हो ।

उपाधीसँगै गजमेरले २५ लाख रुपैयाँ जित्नुभएको छ । उहाँ कोच प्रमोद खरेलको टिमका प्रतिस्पर्धी हुन् ।

यसअघि भ्वाइस अफ नेपाल सिजन–१ मा सिडी विजय अधिकारी र सिजन–२ राम लिम्बू विजेता बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here