लागु औषधसहित एक पक्राउ


२५ श्रावण २०७८, सोमबार २०:२९ मा प्रकाशित

मोरङ, २५ श्रावण ।। मोरङको सुन्दरहरैचा नगरपालिका ७ बाट लागूऔषध गाँजा सहित सिटी सफारी चालकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुट्टा शहिद भूमी गाऊपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा गरी बस्ने २४ बर्षीय ईमान राई रहेको प्रहरीले बताएको छ । सोमवार दिउँसो साढे ३ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको राईले चलाएको को १ ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला परेको थियो । सो क्रममा खानतलासी गर्दा लागूऔषध गाँजा ७ केजी ९८४ ग्राम बरामद गरिएको प्रहरीले बताएको छ । सिटी सफारी सहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here