ओलम्पिक आज सकिदैं, अन्तिम दिन १३ स्वर्ण पदकका लागि भिडन्त


२४ श्रावण २०७८, आईतवार ०८:२५ मा प्रकाशित

झापा, २४ साउन ।। टोकियो ओलम्पिक आज सकिंदैछ । ओलम्पिकको अन्तिम दिन आज विभिन्न ८ खेलका १३ स्वर्ण पकको भिडन्त हुँदैछ ।

Advertisement

कोरोना महामारीले प्रभावित यस पटकको ओलम्पिक खेल कुल १४ दिनसम्म संचालन गरिएको हो । ओलम्पिकमा अहिलेसम्म ३८ स्वर्ण पदकसहित चीनको अग्रता कायमै छ ।

चीनलाई पछ्याइरहेको अमेरिकाले ३६ स्वर्ण जितेको छ । २७ स्वर्ण पदक जितेको आयोजक जापान तेस्रो स्थानमा आएको छ ।

चौथो स्थानको रुसी ओलम्पिक कमिटि र पाचौ स्थानको बेलायतको समान २०–२० वटा स्वर्ण पदक भएको छ । अहिलेसम्म ६५ देशले स्वर्ण पदक जित्दा ९३ देशले पदक तालिकामा नाम लेखाएका छन् ।

यसैबिच ओलम्पिकको परुष फुटबलको उपाधि ब्राजिलले जितेको छ । फाईनल खेलमा स्पेनलाई अतिरिक्त समयमा २–१ ले हराउँदै ब्राजिलले उपाधि रक्षा गरेको हो ।

खेलको ४५ औं मिनेटमा ब्राजिलका म्याथुस कुन्हाले गोल गर्दै टोलीलाई अग्रता दिए । ६५ औं मिनेटमा स्पेनका मिकेल ओयरजबालले एक गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा माल्कोमले निर्णायक गोल गर्दै ब्राजिललाई ओलम्पिकमा स्वर्ण पदक जिताए ।

ओलम्पिक फुटबलको महिलातर्फको फाईनल खेलमा स्विडेनलाई टाई ब्रेकरमा हराउँदै क्यानाडाले स्वर्ण पदक जितेको थियो ।

एजेन्सी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here