महिलामाथि हुने हिंसा, बलात्कार र हत्याका दोषीलाई कारवाही माग गर्दै धुलावारीमा निकाले युवाले जुलुस


३० असार २०७८, बुधबार १९:३९ मा प्रकाशित

धुलावारी, असार ३० ।। महिलामाथि भइरहेका हिंसा, बलात्कार र हत्याका घटनाका दोषीलाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गर्दै आज मेचीनगरका युवाले जुलुस प्रदर्शन गरेका छन् ।
भ्वाइस अफ युथको ब्यानरमा आज साँझ धुलावारी चोकमा युवाले यस्तो जुलुस निकालेका हुन् । जुलुसले दोषीलाई कारवाही र पीडितलाई न्याय दिलाउन माग गर्दै बजार परिक्रमा गरिएको सन्तोष धमलाले बताए । सन्तोष धमला, आशिष पौडेल, मञ्जु चिमरिया, संस्कृति रिजाल लगायतले र्यालीको अगुवाई गरेका थिए ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here