नेपाली वैज्ञानिक युवाहरुको उद्यमशीलतामा जोड दिँदै विज्ञान प्रविधि सम्बन्धि सम्मेलन सम्पन्न


२८ असार २०७८, सोमबार २२:२२ मा प्रकाशित

काठमाडौं, असार २८ ।। विज्ञान प्रविधि र उद्यमशीलता सम्बन्धी युवा वैज्ञानिक सम्मेलन सम्पन्न आज सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद नेपालको आयोजनामा दुई दिने सम्मेलन सोमवार सम्पन्न भएको हो ।
प्रविधिकै प्रयोग गरेर अनलाईन (जुम) प्रविधिमार्फत आयोजित सम्मेलन असार २७ र २८ गते दुईदिनसम्म चलेको थियो ।
विज्ञान र प्रविधिका बारेमा अन्तराष्ट्रिय स्तरको अनुभव सहित विस्तृत छलफल गर्न र नेपालमा भएका विज्ञान तथा प्रविधिका विद्यार्थीहरुलाई उद्यमशीलतामा प्रोत्साहित गर्न सम्मेलनको आयोजना गरिएको आयोजक संस्थाका संयोजक प्रा.डा.मोतिलाल शर्माले जानकारी दिनु भयो । शर्माका अनुसार कार्यक्रममा ३ वटा अनुसन्धान पत्र प्रस्तुत भएको थियो । प्रस्तुत भएका अनुसन्धान पत्रहरुमाथि छलफल र बिमर्श गरिएको थियो ।
असार २७ गते आइतवार विहान १० बजे उद्घाटन भएको कार्यकं्रममा तीन वटा सफलताका कथा प्रस्तुत गरिएको थियो । विज्ञान प्रविधि अध्यायन गरेका युवा उद्यमीेहरुलाई प्रोत्साहित गर्न राम लक्ष्मण रिामाल, सन्तोष पाण्डे र डा. विशाल ढकालले आफ्नो अनुभव सुनाउनु भएको थियो । परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न विधाका दर्जन बढि विशेषज्ञहरुको प्रस्तुती रहेको थियो ।
सोमवार दिउँसो ३ बजे समापन भएको थियो । जेसम्म निरन्तर सञ्चालन भएको थियो । यस दौरान कार्यक्रममा विज्ञान तथा प्रविधि अध्यायन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरि उनीहरुलाई उद्यमशील बनाउन प्रेरित गर्ने गरी सफलताका कथाहरु प्रस्तुती रहेको थियो । यसरी सफलताका कथाहरु प्रस्तुत गर्नेमा
सम्मलेनमा जुम प्रविधिमार्फत १ सय ५० भन्दा बढि युवा वैज्ञानिक विद्यार्थीहरुको सहभागिता रहेको आयोजक संस्थाका सदस्य स्वाभिमान आचार्यले बताउनु भयो । आचार्यका अनुसार यस्ता कार्यक्रमले नेपालमा भएका विज्ञान प्रविधिका विद्यार्थीहरुलाई विज्ञान प्रविधिमा आधारित व्यवसायका चुनौति र सम्भावनाहरुको पहिचान र समाधानका उपाय बारे बुझ्न महत्वपूर्ण योगदान पुग्ने छ ।
कार्यक्रम बारे चर्चा तथा स्वागत प्रशासकीय अधिकृत बाबुराम ढुंगानाले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन परिषदका सदस्य स्वाभिमान आचार्यले गर्नु भएको थियो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here