होटल व्यवसायीलाई संघले दियो २२ थान डस्वीन


२६ असार २०७८, शनिबार १०:५५ मा प्रकाशित

काँकरभिट्टा, २६ असार । होटल व्यवसायी संघ मेचीनगरले फलामको स्टेनसहितको २२ थान डस्वीन वितरण गरेको छ ।
शनिवार एक कार्यक्रमको आयोजना गरेर काँकरभिट्टाका होटलहरुलाई उक्त डस्वीन वितरण गरिएको हो ।
होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङलाई डस्वीन हस्तान्तरण गरेका थिए ।
डस्वीन वडाध्यक्ष तामाङले होटल व्यवसायीहरुलाई वितरण गरेका छन् ।

Advertisement

कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय सचिव राजु अधिकारी, माओवादी केन्द्रका नेता ज्ञानेन्द्र घिमिरे, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की (नेत्र), इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी सुनिसिंह दाहाल, सशस्त्र प्रहरी विओपीका प्रमुख प्रेम राई, होटल व्यवसायी संघका कोभिड संयोजक ध्रुब गिरी लगायतको उपस्थिति रहेको थियो ।

संघले भिजिट नेपाल २०२० का बेला सरसफाइका लागि स्थानीय संघ–संस्थाहरुबाट संकलन गरेको ५४ हजार रुपैयाँ रहेको बताएको छ । सोहि रकमबाट गतवर्ष लकडाउनका बेला १५ थान र यसपटक फलामको स्टेनसहितको २२ थान डस्वीन वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।

कार्यक्रमको सञ्चालन होटल व्यवसायी संघका सचिव हस्त तामाङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here