एकताको दस्तावेजलाई अन्तिम रुप दिन कार्यदलको बैठक आज पनि बस्दै


२६ असार २०७८, शनिबार १०:४१ मा प्रकाशित

काठमाडौं, २६ असार ।। नेकपा एमाले एकताको लागि बनेकाे कार्यादलकाे बैठक आज पनि बस्दैछ । सहमतिको अन्तिम दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेकाे हाे । शुक्रबारको बैठकमा पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

Advertisement

त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि लगभग सहमतिमा पुगेको प्रतिक्रिया दिएका थिए । एकाध विषयहरु आज टुंग्याउने उनको भनाइ थियो ।

पार्टीभित्र देखिएका विवाद समाधान गर्न ५ दिनयाता कार्यदलको बैठक निरन्तर बसिरहेको छ । पछिल्लो समय नेताहरूले सहमतिको खाका तयार भइसकेको र त्यसलाई अन्तिम रुप दिने काम भइरहेको बताउँदै आएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here