पार्टी अध्यक्ष ओलीको गृह जिल्लाका सबै पालिकामा एमालेको समानान्तर कमिटी घोषणा सुरु, भद्रपुर नगर कमिटीमा भट्टराई


१९ असार २०७८, शनिबार २१:३१ मा प्रकाशित

भद्रपुर, १९ असार ।। नेकपा एमालेमा विवाद र अन्तरसंघर्ष चुलिदै गर्दा झापामा झलनाथ–माधव समूहले छुट्टै कमिटी घोषणा गर्न थालेका छन् । झापाको भद्रपुर नगरमा शनिवार आयोजित एक कार्यक्रमबीच लोकनाथ भट्टराईको अध्यक्षतामा १२१ सदस्यीय नेकपा एमाले भद्रपुर नगर कमिटी घोषणा गरिएको छ ।

Advertisement

नेपाल समुहको जिल्ला कमिटी उपाध्यक्ष चन्द्रा श्रेष्ठको अध्यक्षतामा आयोजित नगर सभाबाट नगर कमिटी उपाध्यक्षमा डिबी लामा, देवी अधिकारी र मीना पराजुली रहेका छन् । सचिवमा सानुकुमार लामा, उपसचिवमा हेडम्बर निरौला, डिनलाल राजवंशी र मुना खवास चयन भएको छन् ।
नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तथा झापा इन्चार्ज रविन कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य पुष्प पोखरेल, दुर्गा भट्टराई, तारा रुचाल, श्रीमननारायण पौडेल लगायतले सम्बोधन गर्नु भएको नव निर्वाचित अध्यक्ष भट्टराईले बताउनु भयो । कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य निकाश पाण्डेले गर्नु भएको थियो ।


एमाले अध्यक्ष केपी शर्मा आलीको गृह जिल्लाका सबै पालिकाहरुमा कमिटी निर्माण गर्ने घोषित कार्यक्रम अन्तरगत आज भद्रपुरमा कमिटी घोषणा गरिएको नेपाल समुहका एमाले जिल्ला अध्यक्ष बेदराज रेग्मीले बताउनु भयो । अध्यक्ष रेग्मीका अनुसार सबै पालिकाहरुमा चाडै कमिटीहरु घोषणा हुने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here