डुबान निकासका लागि जेसीबी लिएर गएका वडाध्यक्षमाथि हातपात, एक स्थानीय घाइते


२० असार २०७८, आईतवार ०७:४२ मा प्रकाशित

चारआली, १९ असार । लगातारको वर्षाका कारण मेचीनगर–१३ स्थित चारआलीका १२ वटा घर डुवानमा परेको विषयमा वादविवाद हुँदा स्थानीय अर्जुन थेबे र वडाध्यक्ष कृष्णराज सिग्देलवीच हात हालाहाल भएको छ ।

Advertisement

घटनामा थेबे र सिग्देल दुबैले आफुमाथि आक्रमण भएको दावी गरेका छन् । दुबैले स्थानीय अस्पतालबाट उपचार लिएका छन् ।

घटना विवरण अुनसार शुक्रवारको भारी वर्षाका कारण मेचीनगर वडा नं. १३ चारआलीस्थित राजमार्ग उत्तरका १२ घर डुबानमा परेका थिए ।

डुवानमा परेका घरलाई जोगाउने उद्देश्यले वडाध्यक्ष कृष्ण सिग्देल सो स्थानमा नगरपालिकाको जेसीवी लिएर पुगेका थिए । त्यहीबेला स्थानीय अर्जुन थेवेले वडाध्यक्ष सिग्देलसँग विवाद सुरु गरे । स्थिति नियन्त्रण बाहिर गएर हात हालाहालको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

थेबेले आफुलाई वडाध्यक्ष सिग्देलले इँटाले टाउकामा प्रहार गरेको दावी गरेका छन् । उनलाई उपचारका लागि स्थानीय मनकामना अस्पतालपछि बीएन्डसी हस्पिटल लगिएको थियो ।

तर, वडाध्यक्ष सिग्देलले आफुमाथि थेवे र उनका परिवारका सदस्यहरु एक्कासी आक्रमणमा उत्रिएको दावी गरेका छन् । अर्जुन थेबे र उनकी दिदी आशा थेवेले आफुलाई कुटपिट गर्न थालेपछि भागेर आफुले ज्यान जोगाएको वडाध्यक्षको भनाई छ ।

प्रहरीले वडाध्यक्षलाई राति ८ वजेसम्म नियन्त्रणमा लिएर सोधपुछपछि छाडिदिएको थियो । वडाध्यक्ष सिग्देलले आफुले कसैलाई पनि आक्रमण नगरेको बताए ।

प्रहरी चौकी चारआलीका प्रमुख असई भिम श्रेष्ठले घरहरु डुवान भएका विषयमा विवाद भएको बताए । विवाद हुँदा वडाध्यक्षलाई स्थानीय अर्जुन थेवे र उनकी दिदी आशा थेवेले हातपात गरेको उनको पनि भनाई छ ।

असई श्रेष्ठका अनुसार सीसी क्यामेराको फुटेजमा पनि वडाध्यक्षलाई स्थानीय अर्जुन थेवे र आशा थेवेले हातपात गरेको स्पष्ट देखिन्छ । वडाध्यक्ष सिग्देलले थेबेलाई कुटेको सीसी क्यामेराको फुटेजमा कतै भेटिएको छैन ।

सो फुटेज शनिवार सांसद गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका प्रमख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, नगरका राजनीतिक दलका प्रमुख, सुरक्षाकर्मी लगायतले हेरेका थिए ।

म माथि नियोजित र निरन्तर आक्रमण भइरहेको छ : अध्यक्ष सिग्देल

मेचीनगर नगरपालिकामा विद्रोह चरित्र स्थापित गरेका वडा अध्यक्षले आफुमाथि नियोजित रुपमा आक्रमण भएको बताएका छन् । “यो पहिलो पटक होइन ।” यस्तो आक्रमण पटक पटक भएको उनले बताए । जनताको काम इमान्दारितापूर्वक गर्दा आफुमाथि धेरै पटक आक्रमण भएको उनले बताए । उनले भने“मैले गरेको काम कि त गलत सावित गर्नु पर्यो, होइन भने यस्ता तत्वहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्यो ।”


“यो सम्पूर्ण जतप्रतिनिधिमाथिको आक्रमण हो”

जनताको काम गर्ने सिलसिलामा जनप्रतिनिधिमाथि आक्रमण हुनु अत्यन्तै दुःखद र निन्दनीय भएको मेचीगनरका जनप्रतिनिधिहरुले प्रतिक्रिया दिएका छन् । मेचीनगर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य सन्तोष मेचेले यस्तो घटनाले जनप्रतिनिधिमाथि सुरक्षा चुनौति देखिएको बताए । यस विषयमा नगरपालिकोको परिषदमा कुरा उठ्ने पनि अध्यक्ष मेचेले बताए । त्यसै गरी नगरपालिका परिषद सदस्य ऋषि राजवंशीले वडा अध्यक्षमाथि आक्रमण हुँदा केहि भएन भने प्रमुख उपम्रमुखमाथि पनि आक्रमण हुने सक्ने भन्दै यसको न्यायोचित छिनोफानो नभए कुनै पनि जनप्रतिनिधि सुरक्षित हुन नसक्ने बताए ।

1 COMMENT

  1. डा. निराजन भट्टराइ, Associate Professor, कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर, चितवन ।

    दाेषीलाइ कारवाहीकाे दायरामा ल्याउनै पर्छ । कृष्ण सिग्देल व्यक्ति हाेइन । जनप्रतिनिधि हाे । निजमाथी पटकपटककाे अाक्रमण सहेर कति बस्ने हाे?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here