आगामी आ.व. २०७८/०७९ का लागि अर्जुनधाराले प्रस्तुत गर्यो ८३ करोडको बजेट


११ असार २०७८, शुक्रबार १३:०५ मा प्रकाशित

अर्जुनधारा, असार ११ । झापाको अर्जुनधारा नगरपालिकाले  आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

Advertisement

विहिबार  अर्जुनधारा–७ स्थित पितृ भवनमा आयोजित नगरको नवौं नगर सभामा   उप–प्रमुख कमला आचार्य खतिवडाले हालसम्म नगरले गरेका काम र आगामी बर्षको लागि योजना प्रस्थाव गरेकी छन् ।

खतिवडाले आगामी चालु बर्षको लागि ८२ करोड ८४ लाख ७२ हजार ७ सय ९० पैसाको बजेट प्रस्ताव गरेकी छन् ।  बजेट कार्यक्रममा कोभिड महामारीबाट नगरवासीको जीवन रक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, विकास निर्माण, आर्थिक तथा सामाजिक रुपमा पछि परेका क्षेत्र, वर्ग, समुदायको उत्थान, श्रोत तथा साधन परिचालन, उज्यालो नगर रहेको छ ।

प्रदेश सांसद विर्ख प्रधान ।

नगरले वडा नम्बर–४ मा रहेको स्वास्थ्य चौकीलाई सरुवा रोग नियन्त्रण तथा स्वस्थ्य संस्था तथा स्वास्थ्यकर्मीको क्षमता विकास, मुख्य बजार क्षेत्रमा सडक बत्ती जडान, बजार चोकहरुमा सिसि क्यामरा जडान, निर्माणाधिन योजना सम्पन्न, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघु उद्यम, कृषि तथा पशुपंक्षी, युवा रोजगारको कार्यक्रमलाई प्रार्थमिकतामा राखेको छ ।

नगर सभाले केही नीतिहरु प्रस्थाव गरेको छ । प्रथावित नीतिहरुमा कृषि विकास, पशुपंक्षी मत्स्य, सहकारी तथा सरकारी सम्बन्धी, पर्यटन, उद्योग तथा बाणिज्य, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, भाषा कला संस्कृति, युवा सम्बन्धी, खेलकुद, लैंङगिक समानता तथा सामाजिक समावेशी, पूर्वाधार, वन, वातावराण तथा विपद् व्यवस्थापन, सार्वजनिक निजी साझेदारी, सुशासन तथा संस्थागत विकास रहेको छ ।

नगर प्रमुख हरिकुमार राना ।

नगरले हाल सम्म सम्पन्न गरेको योजना र कार्यक्रमको समिक्षा पनि गरिएको थियो । अर्जुनधारा नगरपालिकाले गत ३ बर्षमा कलोपत्रे सडक ९.७, ग्राभल १८५, नयाँ ट्रयाक १०, मोटरेवल पुल ९८ किलो मिलोमिटर, झोलङगेपुल ४ वटा, पार्क १, खानेपानी ११ हजार जनासंख्यामा पु¥याईएको, ढल निर्माण ५ किलो मिटर, नदी नियन्त्रण ४ंं.३ किलो मिटर, सामाजिक सिंचाई २१ं७.७५ हेक्टर, विद्युत विस्तार ३९.४ किलो मिटर, डम्पिङ साईट १, नयाँ विद्यालय भवन निर्माण १२, नयाँ कक्षा कोठा निर्माण २०, स्वास्थ्य चौकी निर्माण ४, सामुदायिक भवन निर्माण १३, जनता आवास १५, विपन्न आवास २५ वटा सम्पन्न भएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै चालु आर्थिक बर्षको जेठ मसान्त सम्म पूर्वाधार निर्माण तर्फ कालोपत्रे सडक र मर्मत ११ किलोमिटर, सडक ग्राभल २३ मिलोमिटर, पुल कल्भट ११ वटा, हमपाईप जडान ११३ थान, विद्यालय भवन तथा आवास वडा कार्यलय भवन समेत ४० वटा, विद्युत विस्तार १८ थान प्लम (१५७ मिटर), तटबन्धन २ स्पर, नाला २५० मिटर, खानेपानी २.७ किलोमिटर सम्पन्न भएको बताईएको छ । यस आर्थिक बर्षमा संचालित नगरसभाबाट स्वीकृत योजना हरुको हकमा जम्मा योजना २७७ मध्ये नगर स्तरिय योजना ६५, दायित्व १२९, वडा स्तरिय ८३, योजना स्वीकृत भएको ८६ वटा योजनाहरु सम्पन्न भएको बताईएको छ । त्यस्तै बाँकी योजनाहरु सम्पन्न हुने अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम बमोजिम ११ वटै वडामा कालो पत्रे मर्मत, ११ किलोमिटर मध्ये ६ किलोमिटर सम्पन्न भएको जनाईएको छ । त्यसैगरी नयाँ कालोपत्रे ६.६ किलोमिटर मध्ये वडा नम्बर १,२,३,४,५ मा २.६ किलोमिटर कालोपत्रे सडक सम्पन्न भएको र बाँकी योजनाहरु निर्माणको चरणमा रहेको र ११ वटै वडामा करिव ५५ किलोमिटर ग्राभल गर्ने कार्य पनि सम्पन्न हुने चरणमा रहेको, यसैगरी विद्यालय भवन १२, शैक्षिक गुणस्तर सुधारका योजनाहरु पनि सम्पन्न हुने चरणमा रहेको,वडा नम्बर २ को भवन सम्पन्न भएको बाँकी भवनहरु द्रुत गतिमा निर्माण सम्पन्न गरिने उप–प्रमुख आचार्यले बताएकी छन् ।

नगर उप–प्रमुख कमला आचार्य खतिवडा ।

शनिस्चरे बजार स्थान्तरण, कृषि बजार निर्माण, खुदुनाबारी बजार स्तरउनन्ति, सुखानी खोलामा पुल निर्माण, हलुवागढ कैदले पर्यटन कार्यक्रम, मदनआश्रित मार्ग कालोपत्रे, वडा कार्यलय भवन निर्माण, वडास्तरमा सडक कालोपत्रे, प्रार्थमिक स्वास्थ्य केन्द्रको आधुनिकीकरण, हेल्थपोष्टको निर्माण, कृषि तथा पशुपंक्षी विमा, पकेट प्याकेज कार्यक्रम, शैक्षिक भवन निर्माण तथा गुणस्तर सुधार जस्ता योजना कार्यक्रम सम्पन्न गर्न ४७.७२ प्रतिशत खर्च भई सकेको र आर्थिक बर्षको अन्त्यमा ९० प्रतिशत खर्च हुने अनुमान गरिएको बजेट तर्जुमा समिति संयोजन एवं उप–प्रमुख कमला आचार्य खतिवडाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको अध्यक्षता र प्रदेश सांसद विर्ख प्रधानको प्रमुख आथित्यमा सम्पन्न नगर सभामा कार्यकारी प्रमुख अम्बिकाप्रसाद चौलागाई, सबै वडाका वडाध्यक्षहरु र कार्यपालिका सदस्यको उपस्तिथी रहेको थियो । कार्यक्रमको संचालन नगर प्रमुख रानाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here