प्रतिबन्धित औषधी सहित २ जना पक्राउ


११ असार २०७८, शुक्रबार १२:३७ मा प्रकाशित

सुनसरी, असार-११ । सुनसरी धरान १ पुरानो बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान ९ कि ३० बर्षीया आस्मा खातुन र  धरान २ का ३५ बर्षीय मुन्ना प्रसाद मण्डल रहेका छन् । हिजो बेलुका साढे ४ बजे खातुनले प्रतिबन्धित औषधीको कारोबार गर्ने गरेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १ पुरानो बजारमा रहेको खातुनको कोठामा खातुन सहित मण्डललाई फेला पारी खानतलासी गर्दा मण्डलको साथबाट Spasmo-proxyvon®plus १८ पत्ता-१४४ क्याप्सुल र खातुनको कोठामा लुकाई राखेकोSpasmo-proxyvon®plus ३०६ पत्ता २४४८ क्यापसुल फेला पारेको पश्चात दुवै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान भईरहेको छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here