मेचीनगरको नगरसभा सुरु, डेढ अर्ब भन्दा बढिको बजेट प्रस्तुत


१० असार २०७८, बिहीबार २१:०० मा प्रकाशित

मेचीनगर, १० असार ।। मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि डेढ अर्बको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

Advertisement

आजबाट सुरु भएको आठौं नगर सभामा नगर उपप्रमुख मीना उप्रेतीले कुल १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३५४ रुपैयाँको वार्षिक बजेट प्रस्तुत गर्नु भएको हो ।

प्रस्तावित बजेटमा आन्तरिक स्रोत तर्फ २७ करोड २७ लाख ७२ हजार ६४ रुपैयाँ, संघीय सरकार वित्तीय समानीकरण अनुदानतर्फ २६ करोड ५८ लाख, संघीय सरकार राजश्प बाडफाडतर्फ १४ करोड ५८ लाख ६० हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानतर्फ १ करोड ६० लाख ३७ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडतर्फ १ करोड ६४ लाख १० हजार २९० रुपैयाँ गरी कुल ७० करोड २३ लाख ७ हजार २९० रुपैयाँ आय प्रस्ताव गरिएको छ ।

त्यस्तै संघीय सरकार सशर्त अनुदान चालूतर्फ ३७ करोड ५१ लाख, सशर्त अनुदान पूँजीगततर्फ ८ करोड ६९ लाख, संघीय सरकार विशेष पूँजीगततर्फ १ करोड ६६ लाख, संघीय सरकार समपुरक अनुदानतर्फ २ करोड ८ लाख गरी कुल ४९ करोड ९४ लाखसमेत गरी कुल १ अर्ब २० करोड १७ लाख ७ हजार २९० को आय उपप्रमुख उप्रेतीले नगर सभामा प्रस्तुत गरिन् ।

यसैगरी प्रदेश नम्बर १ समपुरक अनुदानतर्फ १ करोड, सशर्त अनुदानतर्फ १ करोड ५० हजारसमेत आयमा देखाइएको छ । त्यस्तै नगरपालिकाको गत आर्थिक वर्षको विनियोजित रकम खर्च हुन नसकी आगामी आर्थिक वर्षको मौज्दात रकमको रुपमा रहने गरीको ३० करोड रकमसमेतलाई बजेटमा समावेश गरिएको छ ।

केही समय ढिला गरी सुरु भएको नगर सभाको उद्घाटन प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री राम कार्कीले गर्नु भएको थियो ।
सभामा नगर प्रमुख विमल आचार्यले आगमी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा अतिथिहरु प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, संविधान सभा सदस्य तथा मेचीनगरका प्रथम नगर प्रमुख रवीन कोइराला, संविधान सभा सदस्य उषा गुरुङ, नगरका राजनीतिक दलका प्रमुख प्रतिनिधिलगायतले टिप्पणी गरेका गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here