मेचीनगरमा संक्रमणको ग्राफ तल झर्यो, नियन्त्रणका १५ प्रयास यस्ता छन्


१० असार २०७८, बिहीबार १८:०४ मा प्रकाशित

सन्तोष आचार्य,

Advertisement

मेचीनगर, असार १० । कोरोना संक्रमणले त्राहिमाम बनाइरहेका बेला सबै स्थानीय तहले आफ्नो सामथ्र्य अनुसार रोकथाम र नियन्त्रणका प्रयार जारी राखेका छन् । आफ्ना नागरिकहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिई बजेट तथा कार्यक्रमहरु तय भएका छन् । यसै क्रममा नेपालको सुदूरपूर्वी शहर मेचीनगरले पनि आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकारले तोकेको मापदण्ड र स्थानीय सरकारद्वारा तयार गरिएको योजना कार्यन्वयन गरेको छ । नगर प्रमुख विमल आचार्यको संयोजकत्वमा गठित कोभिड संक्रमण नियन्त्रण व्यवस्थापन कार्यदल ले नगरको समग्र वस्तु स्थिति र अवस्थालाई अध्यायन गरी कार्ययोजना तय गरेर कार्यन्वयन गरेको छ । कार्यदलका सचिव अनन्तप्रकाश वस्तीका अनुसार कार्यदलले कोभिड नियन्त्रणका लागि १५ बुँदे सुत्र तय गरेको छ । जुन निम्न प्रकार रहेको छ ।

१. नगर कार्यपालिकाबाट कोभिड संक्रमण नियन्त्रण तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरिएको ।
२. नगर प्रमुख अध्यक्ष र सामाजिक विकास शाखा प्रमुख सचीव रहेको राजनैतिक पार्टीका प्रमुख, उद्योग वाणिज्य संघ, रेडक्रस प्रतिनिधि रहेको कोभिड संक्रमण नियन्त्रण कार्यदल गठन गरिएको ।
३. सामाजिक विकास समिति संयोजक, सामाजिक विकास शाखा प्रमुख, विपद व्यवस्थापन समिति सचीव, स्वास्थ्य शाखा फोकल पर्सन र सूचना प्रविधि अधिकृत रहेको कोभिड संक्रमण नियन्त्रण कार्यदलको सचिवालय गठन गरि कोभिड संक्रमण नियन्त्रणको दैनिक कार्य व्यवस्थापन गरिएको ।
४. कोभिड संक्रमण नियन्त्रणका लागि कोभिड कोष स्थापना गरि परिचालन गरिएको ।
५. नगर प्रत्येक वडामा कोभिड संक्रमण नियन्त्रणका लागि अलग अलग स्वस्थ्य फोकल पर्सन तोकी वहाँहरु मार्फत संक्रमितलाई निशुल्क औषधी पुर्याइएको । स्वास्थ्यकर्मीमार्फत संक्रमितको अक्सिजनको मात्रा चेक गर्ने र नियमित स्वास्थ्य अवस्था बुझ्ने व्यवस्था मिलाएको ।
६. कोभिड संक्रमण नियन्त्रणका लागि संक्रमितको पहिचान गर्न निशुल्क पिसिआर परीक्षण नियमित गरिएको ।
७. २ जना डाक्टर, २ जना स्टाफ नर्स सहित कोभिड संक्रमितको उपचारका लागि अक्सिजन सहितको ३० बेडको आइशोलेसन सेन्टर धाइजन स्वास्थ्य चौकीमा स्थापना गरि संक्रमितको निशुल्क उपचार गरिरहेको ।
८. कोभिड संक्रमितको स्वास्थ्यकेन्द्र अस्पतालसम्मको पहुँचका लागि २ वटा निशुल्क एम्बुलेन्स सेवा संचालन गरिएको ।
९. नगर भित्र संचालनमा रहेका एम्बुलेन्सका चालकहरुलाई निशुल्क पिपिइ मास्क ग्लोब्स लगायतका स्वास्थ्य सुरक्षण सामाग्री उपलब्ध गराएको ।
१०. कोभिड संक्रमणका कारण मृत्युुहुनेहरुको शव व्यवस्थापनका लागि निशुल्क शव वाहन व्यवस्था गरिएको ।
११. कोभिड सक्रमितको चेस्ट परिक्षणका लागि आम्दा मेची अस्पताल धुलाबारीमा निशुल्क एक्स रे सेवा उपलब्ध गरिएको ।
१२. वडा समिति मार्फत सम्भावित संक्रमितको पिसिआर परीक्षण गर्न यातायातका लागि व्यवस्था गरिएका टेम्पू चालकहरुलाई पिपिइ मास्क ग्लोब्स लगायतका स्वास्थ्य सुरक्षण सामाग्री उपलब्ध गराएको ।
१३. नेपाल सरकारको सहयोगमा सिमा नाका काकरभिट्टामा एन्टिजेन चेक सहितको हेल्प डेस्क स्थापना गरि संचालन गरिएको ।
१४. स्थानीय प्रहरी प्रशासनसङ्ग सहकार्य र समन्वय गरि सचेतना कार्यक्रम संचालन गरिएको ।
१५. वडागतरुपमा विपन्न परिवारका कोभिड संक्रमितको खाद्यान्न व्यवस्थापनका लागि फुड बैंक संचालनको तयारी भै रहेको ।


कार्यदलका सचिव तथा सामाजिक विकास अधिकृत वस्तीका अनुसार संक्रमण प्रभावित क्षेत्रका घरलाई पूर्ण निर्मलीकरण (सेनीटाइजेसन) गर्ने कार्य भइरहको छ ।
ठुलो जनसंख्याको चाप रहेको र खुल्ला सीमाका कारण जोखिम बढि हुने गरेको नगर प्रमुख विमल आचार्यले बताउनु भयो । प्रमुख आचार्यका अनुसार सीमामा हुने चेक जाँचलाई नियन्त्रित र प्रभावकारी बनाइएको छ भने जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली घर घर गई सेवा प्रवाह गरेका छन् ।
झापाको मेचीनगर नगरपालिका जनसंख्याको हिसाबले देश कै ठुलो नगरपालिका मध्येमा पर्छ । नेपाल भारतको खुल्ला सीमा नाका काँकरभिट्टा यहि नगरपालिकामा पर्छ । दैनिक हजार मानिस आवत जावत गर्ने र देशका विभिन्न स्थानसम्म यातायातको सुविधा भएको यो नगरको कुल जनसंख्या १ लाख २५ हजार ६ सय ८२ जना रहेको छ । १५ वटा वडामा विभाजित मेचीनगरको कुल घर धुरी संख्या २६ हजार १ सय ७६ रहेको छ ।
होसियारी अपनाउँदा अपनाउँदै पनि मेचीनगर वडा नम्बर ७ का वडा अध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका बारण गएको जेठ ८ गते मृत्यु भयो । मेचीनगरले हालसम्म एक जना जनप्रतिनिधि (वडाध्यक्ष) दुई जना कर्मचारी सहित २५ जनालाई कोरोना सं्रक्रमणका कारण गुमाउनु परेको कार्यदलका सचिव वस्तीले बताउनु भयो । नियरन्तरको प्रयास र जनचेतनाका कारण यतिबेला संक्रमण दर घटेको पनि उहाँले बताउनु भयो ।

कोरोना संक्रमण नियन्त्रणका लागि मेचीनगर नगरपालिकाले अपनाएको कार्यविधिले सकरात्मक परिणाम दिएको नगरपालिकाले जनाएको छ । आफ्ना नागरिक, कर्मचारी र जनप्रतिनिधि समेत गुमाइसकेको मेचीनगरले कोरोना संक्रमण नियन्त्रणलाई सबै भन्दा महत्वका साथ हेरेको र प्राथकिमताका आधारमा कार्य योजना निर्माण गरेको कार्यदलले बताएको छ । कार्यदलका अनुसार गएको बैशाखदेखि साउन पहिलो हप्तासम्मको संक्रमण दरको विश्लेषण गर्दा उल्लेख्य प्रगति भएको छ । कोरोना परिक्षण तथा नियन्त्रणका लागि साप्ताहिक रुपमा हनुे विश्लेषणलाई आधार मान्दा संक्रमणको दर निक्कै घटेको देखिन्छ ।
नियन्त्रण विश्लेषण ग्राफले यसो भन्छ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here