नेपाली काँग्रेस झापा सभापतिमा राम कट्टेलको उम्मेदवारी घोषणा


१० असार २०७८, बिहीबार १६:३८ मा प्रकाशित

झापा,असार १० ।। नेपाली काँग्रेसको आगामी अधिवेशनमा झापाको सभापति पदमा राम कट्टेलले उम्मेद्वारी घोषणा गर्नु भएको छ । कट्टेल वर्तमान जिल्ला समितिको उपसभापतिको जिम्मेवारीमा हुनुहुन्छ ।
नेपाली काँग्रेसको आसन्न चौधौ महाधिवेशनको पूर्व तयारीका रुपमा जिल्ला अधिवेशनको सम्मुख कट्टेलले झापाको नेतृत्व गर्ने दृढ इच्छा सहित उम्मेद्वारी घोषणा गरेको बताउनु भयो । नेता कट्टेलले नेपाली काँग्रेसको गौरवपूर्ण गरिमा र छविलाई अझ उच्च, उज्ज्वल र लोकप्रिय बनउने उद्देश्यले जिल्ला सभापतिको उम्मेदवरी घोषणा गरेको बताउनु भएको छ । उहाँले आज विहान आफ्नो फेसकुब पेजमा उम्मेद्वारी घोषणा गर्दै “जिल्ला उपसभापतिमा रहेर काम गर्दै आउँदा स्वाभाविक जिल्ला सभापतिमा उठ्नु पर्छ भन्ने सबैको शुभभावना, सुझाव र सल्लाहलाई सहज रुपमा स्व्ीकार गर्दै नेकाको चौधौ महाधिवेशनबाट थप जिम्मेवारी बहन गर्न चाहेँको हुँ” भन्नु भएको छ ।

Advertisement


नेता कट्टेलले विचारमञ्चसँगको कुराकानीमा १ कार्यकाल जिल्ला कोषाध्यक्ष र एक कार्यकाल उपभापतिको जिम्मेवारी निर्वाह गरिसकेकोले अब सभापति बन्ने पालो आएको बताउँनु भयो ।
झापाको मेचीनगर निवासी कट्टेल नेपाली काँग्रेस झापाका पुराना, इमान्दार र निष्ठावान नेताको रुपमा परिचित हुनुहुन्छ । कट्टेलले २०४६ मा धुलावारी गाउँ समितिको सभापति, तीन कार्यकाल क्षेत्रीय सभापति, तीन कार्यकाल महाधिवेशन समिति सदस्य, एक कार्यकाल जिल्ला कोषाध्यक्ष र एक कार्यकाल जिल्ला उपसभापतिको जिम्मेवारी निर्वाह गर्नु भएको छ ।
नेपाली काँगं्रेसले यस अघि नै चौधौं महाधिवेशनको मिति तोकि सबै गाउँ/नगर र जिल्ला समितिहरुलाई अधिवेशन गरिसक्न निर्देशन गरिसकेको छ । जिल्ला अधिवेशनबाट झापामा नयाँ नेतृत्व स्थापित हुने छ । वर्तमान सभापति उद्धव थापाको दुई कार्यकाल भइसकेको र तेस्रो पटक उम्मेद्वार बन्न विधानले रोकेका कारण अबको नेतृत्वमा नयाँ अनुहार आउने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here