मेची अभियान मार्फत डिसिसिएमसी झापालाई १२ वटा अक्सिजन कन्सन्ट्रेटर प्राप्त


९ असार २०७८, बुधबार २०:४० मा प्रकाशित

चन्द्रगढी, असार ९ । मानवीय सेवामा क्रियाशील मेची अभियानले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) झापालाई १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । गैरआवासिय नेपाली संघले उपलब्ध गराएको अक्सिजन कन्सन्ट्रेटर प्रमुख जिल्ला अधिकारीलाई अभियानले हस्तान्तरण गरेको हो ।

Advertisement

आज बिहान जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनालाई अभियानका संयोजक डालमियाले करीब २८ लाख रुपैया मुल्यको सो सामग्री हस्तान्तरण गर्नु भयो ।

प्रति गोटा करीब २ लाख ३० हजार मुल्य पर्ने कन्सन्ट्रेटर गैर आवासिय नेपाली संघ मार्फत मेची अभियानलाई २० वटा उपलब्ध गराएको र झापा सहित इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा समेत बितरण गरिने संयोजक डालमियाले बताउनु भयो ।

प्राप्त सामग्री डिसिसिएमसी मार्फत झापाका १२ वटा पालिकालाई एक एक वटाका दरले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराईने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here