सिन्धुपाल्चोकका बाढि पीडितलाई गरे मेचीनगरका युवाले सहयोग


९ असार २०७८, बुधबार १८:०८ मा प्रकाशित

विनम सरदार
हेलम्बु, असार ९ ।। गतसाता परेको अविरल बर्षाका कारण सिन्धुपाल्चोकमा बाढि र पहिरोले ठुलो क्षति गर्यो । बाढीले गरेको क्षतिका हिसाबले सबैभन्दा बढी प्रभाव हेलम्बु गाउँपालिलाई पर्यो । धेरै प्रभावित भएको गाउँमा राहत वितरण गर्नेहरुको नजर नपुगेको गुनासो आइरहेको बेला सूदुरपूर्वी शहर मेचीनगरका युवाहरुले बुधवार ५० घर परिवारलाई राहत सामग्री वितरण गरेका छन् ।

Advertisement

मेचीगनरका सचेत युवाहरुले केहि सहयोग र आपसमा रकम संकलन गरेर हेलम्बुबासीका लागि राहत सामग्री जुटाएका हुन् । असार ८ गते राहत सामग्री सहित सिन्धुपाल्चोक प्रस्थान गरेको युवाको टिमले आज बुधवार घटना स्थलमै पुगेर राहत वितरण गरेको टोलीका सदस्य सन्तोष धमलाले बताए । बाढी पहिरोबाट अति प्रभावित हेलम्बु गाउँ पालिका वडा नम्बर ३ का ५० घर परिवारलाई भान्साका सामग्रीको प्याकेज वितरण गरिएको धमलाले बताए ।
हेलम्बु गाउँ पालिका वडा नम्बर ३ का अध्यक्ष छिरिङ लामा मार्फत पीडितहरुलाई राहत हस्तान्तरण गरिएको टोली सदस्य बिनय कार्कीले जानकारी दिए । बाढी प्रभावितहरुको सूचि बनाउने र सिफारिस गर्ने काम पनि वडा अध्यक्ष मार्फत नै भएको उनले बताए । राहत सामग्रीमा कुकर १ थान, कराई १ थान, थाल ५ थान, सानाठुला बटुका, डाढुपन्यु, चम्चा लगायत सामान रहेको टोली सदस्य आशिष पौडेलले बताए ।
बाढीपहिरोका कारण बिचल्लीमा परेका हेलम्बुबासीका लागि राहत तथा सहयोग दाताहरुको नजर नपरेको र उनीहरुलाई भान्सा लगायतका सामाग्रीहरुको अति आवश्यकता परेको खबर बाहिर आएसँगै मेचीनगरका युवाहरुले अभियान तयारी गरेर राहत जुटाएका हुन् ।
राहत वितरण अभियानमा मेचीनगरका सन्तोष धमला, बिनम सरदार, आशिष पौडेल, शुलभ भण्डारी, बिनय कार्की, अभिषेक विष्ट, रविन भण्डारी लगायतको टोली सहभागी छ ।

(सिन्धुपाल्चोकबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here