यातायात व्यवसायी सहित दर्जन बढि संस्थाले भने ‘काँकरभिट्टा बस पार्क अतिक्रमण गर्न पाइन्न ।’


२९ जेष्ठ २०७८, शनिबार १८:५५ मा प्रकाशित

काँकरभिट्टा, २९ जेष्ठ ।। बिस ।। मेचीनगर ६, काँकरभिट्टामा रहेको बस टर्मिनललाई साघुरो बनाउने गरी नगरपालिकाले टहरा निर्माण गरेको भन्दै दर्जन बढि संघ सस्था र स्थानीय युवा, बुद्धिजीविहरुले आपत्ति जनाएका छन् ।
बर्सपार्कको पूर्वी मोहडाबाट प्रवेशद्वार दक्षिण पट्टिको खुल्ला क्षेत्रमा टहरा निर्माण सुरु गरेको भन्दै यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल्स व्यवसायी लगायतका १३ वटा संस्थाले आज एक विज्ञप्ती प्रकासित गरी विरोध र असहमति जनाएका हुन् । विगतमा पनि ग्रामिण आवास कम्पनीका नाममा बस पार्क र देवकोटा पार्कलाई प्लटिङ गरी बेचविखन गर्न खोजेको घटना स्मरण गर्दै विज्ञप्तीमा सरोकारवाला पक्षसँग छलफल परामर्श नगरी एकाएक निमार्ण कार्य सुरु गरेको भन्दै मेचीनगर नगरपालिका प्रति उनीहरुले रोष व्यक्त गरेका छन् ।
हिजो दिउँसो स्थानीय अगुवा युवा ठाकुरप्रसाद सिवाकोटीले लक डाउनका बेला सबै घरभित्र थुनिएको मौका पारी नगरपालिकाले बसपार्क साघुरो हुने गरी निर्माण गर्दै गरेको संरचना र त्यसले भविश्यमा पार्न सक्ने असरलाई लक्षित गरी खबरदारी सहितको स्टाटस लेख्नु भएको थियो । त्यस यता स्थानीय अगुवाहरुले सो कार्यको विरोध गरिरहेका छन् । यसै बेला बस पाकसँग प्रत्यक्ष सरोकार रहने पक्षले बसपार्कमा भइरहेको क्रमिक अतिक्रमणका विरुद्ध सामुहिक आवाज उठाएका छन् ।
बसपार्क अतिक्रमण हुनबाट बचाउन सबै सरोकारवाला पक्षसँग आव्हान गर्दै जारी गरिएको विज्ञप्तीमा पूर्व मेची वस व्यसायी प्रा.लिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, पूर्व नेपाल यातायात व्यवसायी प्रा.लि.का अध्यक्ष केशव गिरी, सुनौलो संयुक्त यातायात व्यवसायीका अध्यक्ष भुपाल ओली, नागरिक यातायात प्रा.लिका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, सगरमाथा यातायात प्रा.लिका अध्यक्ष मेदनी खरेल, ट्राभल्स संघ झापाका अध्यक्ष नीरबहादुर कार्की, मेचीनगर होटल व्यवासयी संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठ(गोपाल) नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष खडानन्द भण्डारी, मेचीनगर अटो एण्ड इ रिक्सा यातायात प्रालिका अध्यक्ष दावा तामाङ र मेची अञ्चल टेम्पु इरिक्सा यातायात प्रा.लिका अध्यक्ष गणेश चौहानले हस्ताक्षर गर्नु भएको छ ।

Advertisement

हेर्नुहोस् प्रेस विज्ञप्ती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here