युरो २०२० : इटालीको विजयी सुरुवात


२९ जेष्ठ २०७८, शनिबार १६:४४ मा प्रकाशित

झापा, २९ जेष्ठ ।।बिस।। इटालीले युरो २०२० मा शुक्रबार घरेलु मैदानमा टर्कीलाई हराएर उत्कृष्ट विजयी सुरुवात गरेको छ । समूह ए को एकपक्षीय सावित खेलमा इटालीले मेरिह डेमिरलको आत्मघाती गोलले अग्रता लिएको थियो ।

Advertisement

तस्बिर : रोयटर्स

त्यसपछि इटालीका लागि चिरो इमोबाइल र लोरेन्जो इन्सिग्नेले गोल गरे । यस खेलसँगै विश्व फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोका ११ सहरमा सुरु भएको छ र एक महिनासम्म चल्नेछ ।

युरोको इतिहासमा इटालीले एकै खेलमा तीन गोल गरेको यो पहिलो पल्ट हो । रोबर्टो मानचिनीको इटालीले यस जितपछि आफ्नो अपराजित यात्रालाई २८ खेल पुर्‍याएको छ । सन् २०१८ को सेप्टेम्बरयता इटाली अपराजित रहेको छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here