मेचीनगरको ढुंगा गिटी प्रकरणमा के भएको हो ? थाहा चाहियो भन्दै पाँच राजनीतिक दलले बुझाए नगरलाई ज्ञापन पत्र


२८ जेष्ठ २०७८, शुक्रबार १७:५२ मा प्रकाशित

मेचीनगर, २८ जेठ ।। बिस ।। मेचीनगरको चर्चित ढुंगा गिटी प्रकरणका सन्दर्भमा यहाँ क्रियाशील राजनीतिक दलहरुले सामुहिक रुपमा चासो देखिएका छन् । सिंगो नगरको बद्नामी भइरहेको भन्दै आज पाँच राजनीतिक दलले संयुक्त रुपमा घटनाको विवरण र दोषी उपर कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाइएका छन् ।

Advertisement

आज मेचीनगर नगरपालिकाको कार्यालय ईटाभट्टामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राप्रपा मेचीनगरले संयुक्तरुपमा नगरपालिकामा गम्भीर ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

एमालेका अध्यक्ष राजु पोखरेल, कांग्रेस क्षेत्रीय अध्यक्ष मणिकुमार उप्रेती, माओवादी केन्द्रका पुष्प गुरगाई, जसपाका अध्यक्ष ओमप्रकाश खापुङ र राप्रपाकी अध्यक्ष सविना बजगाईले संयुक्तरुपमा हस्ताक्षर गरिएको ज्ञापनपत्र नगरप्रमुख विमल आचार्यलाई बुझाएका हुन् ।

ज्ञापनपत्रमा नदीजन्य पदार्थको उत्खनन् र बिक्री वितरणमा अधिकारको दुरुपयोग गर्दै अनियमित ढंगले नदीको दोहन गरेको, फर्जी रसिद प्रयोग गरी भष्ट्राचार गरेको, नगरप्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, नगरपालिकाको प्राविधिकसहितको सर्वपक्षिय टोलीले स्थलगत अनुगमन गर्दा आईई गरेको क्षेत्र र मापदण्ड आदी पर्वाह नगरीअत्याधिक परिमाणमा उत्खनन् गरेको प्राविधिक नाप जाँचबाट पुष्टि भएको उल्लेख छ ।

खेलाको चरम दोहन गरेर ठुलो धनराशी हिनामिना गरिएको ठहर भईसक्दासमेत दोषीलाई कारवाही गर्ने, ठेकेदारलाई जरिवानासहित असुल उपर नगरेर ठेकेदारलाई उन्मुक्ति दिने कार्य नगर्न नगरपालिकालाई सचेत गराईएको ज्ञापन पत्रमा भनिएको छ ।

फर्जी रसिद प्रयोग गरेर लाखौँ रकम हिनामिना गरेको छ महिना वितिसकेपछि मात्र अनि छानबिन गर्ने, स्थानीय सरकारले छानबिन गर्न नसकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीलाई पत्र काट्नु, नगरपालिका आफ्ना जनप्रतिनिधि र कर्मचारीलाई कारवाही गर्न नसक्नु निन्दनिय र घोर भत्सर्ना योग्य रहेको उल्लेख छ ।

आ.व. २०७७÷७८ मा नदीजन्य पदार्थ उत्खनन् सन्दर्भमा भएका गैरकानूनी उत्खनन्, आर्थिक हिनामिना, फर्जी विलसमेतको प्रयोग गरि भएको करोडौँ हिनामिना, स्वेत पत्रमार्फत नगरवासीलाई अविलम्ब जानकारी गराउन र दोषी जो भएपनि तत्काल कारवाहीको दायरामा ल्याउन ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराईएको छ ।

नगरपालिकाले त्योसो गर्न नसके नगरमा क्रियाशिल राजनीतिक दलहरु आफै अग्रसरता भएर अघि बढ्ने दलका प्रमुखहरुले चेतावनीसमेत दिइएको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here