युवा संघले बाढ्यो राहत र औषधी, विपन्न परिवारले भने, ‘संकटमा सहयोग गर्नु भो, अब बाचिन्छ’


२९ जेष्ठ २०७८, शनिबार २०:०९ मा प्रकाशित

मेचीनगर, २९ जेष्ठ ।। बिस ।। लगातारको लकडाउनका कारण खाद्य सकटमा परेका विपन्न तथा सुकुम्वासी परिवारलाई युवा संघ झापाले राहत तथा औषधी वितरण गरेको छ ।

Advertisement

युवा संघ झापा जिल्ला कमिटीले आज मेचीनगरको विभिन्न स्थानमा ७० घर परिवारलाई खाद्य सामग्री सहितको राहत वितरण गरेको हो । युवा संघका झापा अध्यक्ष राजु धिमालको नेतृत्वमा आज मेचीनगर वडा नम्बर ९ को झोडा टोलका १५ घर सुकुम्वासीलाई खाद्य राहत वितरण गरिएको युवा संघ मेचीनगरका अध्यक्ष सरोज मेहराले बताउनु भयो । त्यसै गरी मेचीनगर वडा नम्बर १३ को सर्प दंश टोल, विरान टोल, तेलीवारी टोल लगयतका ५५घर विपन्न तथा सुकुम्वासीहरुलाई राहत वितरण गरिएको युवा संघका केन्द्रिय सदस्य भोजराज पराजुलीले बताउनु भयो ।

युवा संघले आफु भित्र र पार्टीका नेता कार्यकर्ताहरुबाट सहयोग संकलन गरी विपन्न तथा लकडाउनले खाद्य संकटमा परेका परिवारलाई राहत वितरण गर्ने अभियान सञ्चालन गरेको जिल्ला अध्यक्ष धिमालले बताउनु भयो । अभियान आजैबाट सुरु भएको र यस अभियान अन्तरगत २ सय घर परिवारलाई राहत वितरण गरिने योजना रहेको संघका क्षेत्रीय अध्यक्ष लुसन तिवारीले जानकारी दिनु भयो । अभियानलाई युवा संघ वडा नम्बर १३ ले ३० घरलाई पुग्ने राहत प्याकेज उपलक्ध गराएको संघका जिल्ला सदस्य तिलक श्रेष्ठले बताउनु भयो । अभियानलाई स्वस्थ्य सामग्री हलेसी मेडिकल हल धुलावारीले उपलब्ध गराएको पनि श्रेष्ठले बताउनु भयो ।


पार्टीका नेता, उद्योगी व्यवसायीहरुबाट सहयोग संकलन गरी तयार गरिएको राहत प्याकेजमा एक घर परिवारका लागि २० केजी चामल, १ कजी दाल, १ लि. खाने तेल र केही स्वास्थ्य सुरक्षा सामग्री रहेको संघका जिल्ला सदस्य दिपक घिमिरेले बताउनु भयो । अभियानमा युवा संघका जिल्ला कमिटी सदस्य रघु धिमाल, विकास निरौला, सोम ओझा, विद्यार्थी नेता उदय बराइली, सन्तोष धमला लगायत मेचीनगरमा रहेका युवा विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।
निरन्तरको लक डाउनका कारण दैनिक मजदुरी गर्ने परिवारलाई ठुलो संकट परेको छ । यस्तो संकटका बेला युवा संघले राहत सामग्री उपलब्ध गराउँदा विपन्न तथा सुकुम्वासी परिवारले खुसी व्यक्त गर्दै धन्यवाद दिएको युवा संघका जिल्ला अध्यक्ष धिमालले विचारमञ्चलाई बताउनु भयो । अध्यक्ष धिमालका अनुसार भोली वडा नम्बर ५ अन्तरगतका विपन्न तथा सुकुम्बासी परिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here