दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा, अझै खुलेन ‘ग्राइण्ड डिजाइन’को रहस्य ।


१९ जेष्ठ २०७८, बुधबार ०९:५५ मा प्रकाशित

काठमाडौं । १९ जेष्ठ ।। बिस ।।
दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । हत्याकाण्डको २० वर्ष पूरा हुँदा पनि दरवार हत्या काण्ड रहस्यकै गर्भमा छ । वि.सं. २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो ।

Advertisement

नारायणहिटी दरबारको त्रिभुवन सदनको विलियार्ड बैठकमा यो हत्या काण्ड भएको थियो । हत्या काण्ड लगत्तै तारानाथ रानाभाटको संयोजकत्वमा गठित छानविन समितिले दरबार हत्याकाण्ड तत्कालिन युवराज दीपेन्द्रले गराएको र अटोमेटिक हतियार आफै पड्किएर घटना भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । सो प्रतिवेदनलाई धेरैले पत्याएका थिएनन् । प्रतिवेदनमा राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी देवयानी राणासँगको प्रेम प्रसंगका कारण दीपेन्द्रले हत्याकाण्ड मच्चाएको उल्लेख थियो ।
तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यो घटनालाई ग्राइण्ड डिजाइनको संज्ञा दिएका थिए । हत्या काण्ड हुँदाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पछि गणतन्त्र नेपालको पनि पहिलो प्रधानबन्त्री बने भने तर उनले भनेको ग्राइण्ड डिजाइन गर्भमै रह्यो । हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, तत्कालिन युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धिरेन्द्र, वीरेन्द्रकी बहिनी राजकुमारी जयन्ती, शान्ति र शारदासहितको ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here