औषधी कालोबजारी गर्ने मेडिकल स्टोर संचालक पक्राउ


१८ जेष्ठ २०७८, मंगलवार ०८:२५ मा प्रकाशित

मोरङ, जेष्ठ १७ ।। बिस ।।
औषधी कालोबजारी गर्ने मोरङ विराटनगर १५ रानी स्थित जनता मेडिकल स्टोर संचालक रवि कुमार रजकलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार दिउसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा रजकको घर कोठाबाट फिजिसियन स्याम्पलका औषधीहरु, मुटु सम्बन्धीका औषधीहरु, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधीहरु र सेनीटाईजर लगायत ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरु बरामद गरेको हो । उनले औषधीहरु भण्डारण गर्ने र कालोबजारी गरी झुक्याई बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम उनलाई थप अनुसन्धान भईरहेको छ । (तस्वीर स्रोत : १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर)

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here