१ सय ६५ केजी गाँजा सहित एक जना पक्राउ


१८ जेष्ठ २०७८, मंगलवार ०८:१८ मा प्रकाशित

सुनसरी, जेष्ठ १७ ।। बिस ।।
सुनसरी कोशी गाऊपालिका ८ भाण्टाबारी राजमार्गबाट प्रहरीले १ सय ६५ केजी गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४० बर्षीय गणेश यादव रहेका छन् । आईतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजा सहित यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादव उपर लागूऔषध नियन्त्रण ऐन २०३३ वमोजिम म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । (तस्वीर स्रोत : १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर)

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here