मेचीनगरको ढुंगागिटी प्रकरण : प्रतिवेदन भन्छ, अनियमितता भो (हेर्नुहोस् प्रतिवेदन)


१७ जेष्ठ २०७८, सोमबार २०:२६ मा प्रकाशित

मेचीनगर, १७ जेष्ठ ।। मेचीनगरको बहुचर्चित नदी जन्य पदार्थ उत्खन वापतको राजश्व छलि प्रकरणमा अनुगमन गर्न र सोसँग सम्बन्धित अधिकार प्राप्त जनप्रतिनिधिहरुप्रति नै छानविन उपसमितिको प्रतिवेदन लक्षित देखिएको छ । नदीजन्य पदार्थ राजश्व संकलन सम्बन्धि यथार्थ बुझ्न गठिन उपसमितिको प्रतिवेदन अनुसार उनीहरु संलग्न देखिएका हुन् ।
खोला उत्खनन र राजश्व अपचलनसँग सम्बन्धित विषयमा कुरा उठे पछि मिति २०७७ साल चैत्र २० गते नगर प्रमुख विमल आचार्यको संयाजकत्वमा छानविन समिति गठन भएको थियो । सो समितिको मिति २०७८ बैशाख ४ गतेको बैठकबाट यो प्रकरणमा आवश्यक अध्यायन गरी प्रतिवेदन बुझाउन मेचीनगर वडा नम्बर ११ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य सन्तोष मेचेको संयोजकत्वमा उपसमिति गठन भएको थियो । मुल समितिलाई सहयोग पुग्ने गरी गठित उपसमितिले आवश्यक अध्यायन तथा अनुसन्धान पछि मिति २०७८ साल जेष्ठ ६ गते प्रतिवेदन बुझाएको थियो । छानविन उपसमितिले बुझाएको प्रतिवेदनको बुँदा नम्बर १,२ र ३ ले स्पष्टसँग तोकिएका जनप्रतिनिधिहरुको संलग्नता देखाउँछ ।
हेर्नुहोस् प्रतिवेदन जस्ताको तस्तै :

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here