जबज स्वीकार भन्नु बैचारिक प्रतिष्ठामाथिको हमला हो : प्रचण्ड


५ श्रावण २०७७, सोमबार १७:५९ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सिद्धान्तका रुपमा साविक एमालेको जनताको बहुदलीय जनवादलाई स्वीकारे महाधिवेशनबाट एकल अध्यक्ष बनाउने प्रस्ताव गरेको बताएका छन् ।

Advertisement

सोमबार बिहान खुमलटारमा आफू पक्षीय स्थायी समिति सदस्यहरूसँग छलफल गर्दै प्रचण्डले जबज मानेर अगाडि बढे अर्र्ली महाधिवेशनबाट एकल अध्यक्ष बन्न प्रस्ताव आएको बताएका हुन् ।

‘शनिबार राष्ट्रपतिजीसँग भएको छलफलमा मलाई महाधिवेशनपछि पार्र्टीको एकल अध्यक्ष बन्न भनियो ।’ प्रचण्डले भने– ‘तर त्यसका लागि जबजलाई स्वीकार्नु पर्ने प्रस्ताव आयो । मैले हुन्न भनेको छु ।’ त्यस्तो भए महाधिवेशनपछि प्रधानमन्त्रीसमेत बनाउने प्रस्ताव थियो,ु प्रचण्डको भनाइ उद्धृत गर्दै स्थायी समिति सदस्य लीलामणि पोखरेलले भने, मंसिरमा महाधिवेशन पनि सम्भव छैन भनेको छु भने जबजलाई इन्कारै गरेको छु ।

वैचारिक प्रतिष्ठामाथि हमला गरिएको भन्दै यो प्रस्ताव गलत भएकोसमेत प्रचण्डको भनाइ उद्धृत गर्दै पोखरेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here