लागुऔषध सहित ३ जना पक्राउ


५ श्रावण २०७७, सोमबार १२:४९ मा प्रकाशित

५ साउन, विराटनगर । मोरङको बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन ।

Advertisement

पक्राउ पर्नेमा भारत अररिया जोगमनी बस्ने १९ बर्षीय तारिकन अनवर, बिराटनगर(६ का २० बर्षीय सुमित दास र सोही स्थानका १८ बर्षीय मनिस दास रहेका छन । उनीहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
हिजो साझ साढे ६ बजे साईकलमा रहेका भारतीय नागरिक अनवरलाई विराटनगर–१५ बाट ३५ ग्राम ५६० मिलिग्राम खैरो हिरोयन ब्राउनसुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसै गरी बिराटनगर–१६ मा पैदल हिडिरहेका सुमित र मनिसलाई १२० नाईट्राभेट लागुऔषध ट्याब्लेट सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यसरी लागुऔषध सहित पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय रानीले आवश्यक कार्यवाहीका लागि प्रक्रिया सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here