देशभर भीषण वर्षा, सतर्क रहन अपील


५ श्रावण २०७७, सोमबार ११:२० मा प्रकाशित

५ साउन, झापा । रातीदेखि देशभर वर्षा भइरहेको छ । केही ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

देशका अधिकांश भागमा गए रातीदेखि वर्षा भएको छ । मुख्यगरी प्रदेश नम्बर २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएको छ । भीषण वर्षा हुने स्थानमा बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन समेत महाशाखाले अनुरोध छ ।

वर्षाका कारण प्रदेश २ का बारा, पर्सा र रौतहटका धेरै ठाउँमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नवलपरासीका अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै झापाको कनकाई, विरिङ, मेची लगायत नदीमा बाढी आउन सक्ने अनुमान गरिएको छ । नदी किनारमा रहेकाहरुलाई सजग रहन महाशाखाले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here