ऋणीलाई विशेष सुविधा सहित मौद्रिक नीति आज सार्वजनिक हुँने


२ श्रावण २०७७, शुक्रबार १२:२४ मा प्रकाशित

२ साउन, काठमाडौँ — कोभिड–१९ को प्रकोपका कारण धरासायी बनेको अर्थतन्त्रलाई ध्यानमा राखेर आज दिउँसो तीन बजे चालु आ.व.को मौद्रिक नीति सार्वजनिक हुँदैछ । कोभिड–१९ कारण ऋण तिर्न नसकेका ऋणीलाई विशेष सुविधासहित चालू आ.व.को मौद्रिक नीति सार्वजनिक हुने भएको हो । बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न लागेको गभर्नर महाप्रसाद अधिकारीले बताए ।

Advertisement

दिउँसो तीन बजे नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति जारी गरिने उनले जानकारी दिए ।
स्रोतका अनुसार मौद्रिक नीतिमा प्राथमिकताप्राप्त क्षेत्रअन्तर्गत कृषि, ऊर्जा, पर्यटनलगायतमा गरी कुल लगानीको २५ प्रतिशत अनिवार्य रूपमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था केही परिमार्जन गरिएको छ । ‘अब कृषिमा १२ देखि १५ प्रतिशत, ऊर्जामा १० प्रतिशत र बाँकी अन्यमा गरी परिमार्जन हुँदै छ,’ स्रोतले भन्यो, ‘कृषि कर्जाको नेतृत्व कृषि विकास बैंकले गर्नेछ ।’

यस्तै, बैंक तथा वित्तीय संस्थामा नगद लाभांश वितरणलाई निरुत्साहित गर्दै बोनस सेयर वितरणलाई प्रोत्साहन गर्न लागिएको छ । ‘आंशिक रूपमा सीमा तोकेरै नगद लाभांश वितरणमा कडाइ गरिनेछ,’ स्रोतले भन्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here