अयोध्या विवाद बारे भारतमा बौद्ध भिक्क्षुद्वारा आमरन अनसन सुरु


२ श्रावण २०७७, शुक्रबार १२:४८ मा प्रकाशित

२ साउन, झापा । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खर अयोध्या र रामको जन्मभूमीबारे दिएको वक्तव्यले भारतमा ठुलै हलचल ल्याएको छ । यस सन्दर्भमा भारतीय मिडियाहरुले कोकोहोलो नै मच्चाएका छन् । यसै दौरान भारतमा रहेका बौद्धहरुले भारतको अयोध्या राम जन्मभूमि बौद्धस्थल भएको दाबी गर्दै प्राचीन पुरातात्विक बौद्ध सामग्री सार्वजनिक गर्न माग गरेका छन् ।
अखिल भारतीय आजाद बौद्ध धम्म सेना संगठनका बौद्ध भिक्षुहरुले प्राप्त प्राचीन मूर्तिहरु सार्वजनिक गर्न र प्राचीन बौद्धनगर साकेत घोषणा गर्न माग गर्दै आमरण अनशन गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन ।

Advertisement

राम मन्दिर निर्माणको क्रममा त्यहाँ बुद्ध संस्कृतिसँग जोडिएको बुद्ध मूर्ति, अशोक धम्म चक्र, कमलफूल र अन्य अवशेष प्राप्त भएको जनाइएको छ ।

संगठनले प्राचीन बुद्ध नगरी साकेत वर्तमान अयोध्यामा राम मन्दिर निर्माण कार्य रोकेर युनेस्को संलग्न गरेर विवाद समाधान गर्न माग गरेको छ ।

वर्तमान अयोध्या बोधिसत्व लोमश ऋषिको बुद्धनगरी साकेत भएको दाबी संगठनले गरेको छ ।

भारतको सर्र्वाेच्च अदालतले पुरातात्विक प्रमाणलाई बेवास्ता गर्दै राम मन्दिर बनाउने पक्षमा फैसला गरेकोमा असन्तुष्टिसमेत उनीहरुले जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here