नेकपा बैठक दिउँसो ३ बजे बस्ने, बैठक अघि सहमति जुटाउने प्रयास जारी


२ श्रावण २०७७, शुक्रबार १२:०७ मा प्रकाशित

२ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति बैठक आज दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको छ । शुक्रबार ११ बजेका लागि बोलाइएको बैठक ३ बजे सम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
बाढीपहिरोबाट मुलुक आक्रन्त भएको र राहात र उद्धारमा खट्न पर्ने भन्दै एक हप्ता अघि बैठक स्थगित भएको थियो । यस अघि पनि पटक पटक बैठक स्थगित भएको थियो ।

Advertisement

आज बैठक बस्नुअघि शीर्ष नेताहरुबीच सहमति खोज्ने प्रयास गरिनेछ । बैठक अघि नै अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बैठक बस्ने तय भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here