मेचीनगरमा १० जनामा कोरोना संक्रमण पुष्टि


११ असार २०७७, बिहीबार ०५:१० मा प्रकाशित

काँकडभिट्टा । झापाको मेचीनगरमा एकैदिन १० जनामा नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

Advertisement

यो सँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ । स्रोतका अनुसार बुधारबार नगरको वडानम्वर १० मा रहेको राधास्वामी भवन क्वारेन्टाईनमा बसेका ८ र वडा नम्वर ११ मा रहेको भानु आधारभुत विद्यालय क्वारेन्टाईनमा बसेका दुई गरी १० जना फेला परेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

उनीहरूका अनुसार राधास्वामी भवन क्वारेन्टाईनमा बसेका मेचीनगर १ का ६२ वर्षीय , २० वर्षीय , ४२ वर्षीय पुरूष रहेकाछन् । यसैगरी वडानम्वर ५ का भारतबाट आएका ३५ वर्षीय र १८ वर्षीय पुरूषमा पनि कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

वडा नम्वर ९ का २५ वर्षीय काठमाडौंबाट र ४६ वर्षीय भारतबाट आएर क्वारेण्टिनमा बसेका दुई जना पुरूषमा पनि कोरोना देखिएको स्वास्थ्य अधिकारीहरूको भनाई छ । वडानम्वर १० का पुरूषमा पनि संक्रमण देखिएको छ । उनी भारतको किसनगञ्जबाट आएका हुन् ।

यसैगरी भारतबाट आएर भानु आधारभुत विद्यालयको क्वारेन्टाईनमा बसेका वडानम्वर ११ का सात वर्षका बालकमा समेत कोरोना पुष्टि भएको छ । सोहि वडाका २५ वर्षीय पुरूषमा समेत कोभिड १९ को संक्रमण देखिएको छ ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार जेठ ७ गते नगरका विभिन्न क्वारेन्टाईनमा बसेका ७९ जनाको पीसीआर परीक्षणका लागि स्वाव नमूना संकलन गरी १ नम्वर प्रादेशिक प्रयोगशाला पठाईएको थियो ।

कुल ७९ जनामध्ये १० जनाको पीसीआर परीक्षण पोजेटिभ आएको हो । उनीहरू सवैलाई उपचारका लागि १ नम्वर प्रदेशमा रहेका कोभिड अस्पताल पठाउने तयारी छ ।

मेचीनगरको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय झापा जिल्लाको टोलीले हालसम्म दुई हजार ७५ जनाको कोरोना परीक्षण गरेको छ ।
स्वास्थ्यकर्मीको टोलीले नगरका विभिन्न सामुदायिक तथा होम क्वारेन्टाईनमा बसेकाहरूको परीक्षण गरेको संयोजक राईले बताईन् । उनका अनुसार नगरमा अहिलेसम्म फेला परेका संक्रमितहरू भारतलगायत तेस्रोमुलुकबाट आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here