एजेन्डामै प्रवेश नगरी नेकपा स्थायी कमिटी बैठक स्थगित


११ असार २०७७, बिहीबार ०५:०९ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकमा अध्यक्षद्वयले आफ्नो विचार राखेपछि अन्य एजेन्डामा प्रवेश नै नगरी बैठक स्थगित भएको हो ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ः३० बाट सुरू भएको बैठक दिउँसो २ः३० बजे स्थगित भएको हो । आजको बैठक सुरुवात मात्र भएकाले अध्यक्षद्वयले आफ्नो विचार राखेको र बैठकमा क्रमश छलफल अघि बढाइने नेता देव गुरुङले जानकारी दिए ।

बैठक फेरि शुक्रबार बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here